कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन प्रणालीको सुरुवात

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन प्रणालीको सुरुवात

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन सिस्टम सुरू भएको छ ।  यसलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम पनि भनिन्छ । देशभरका सरकारी कार्यालयहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यका साथ यस प्रणालीको विकास गरिएको हो ।

महानिर्देशक प्रेमशरण श्रेष्ठले यसअघि नै सूचना प्रविधि विभागमा यो प्रणाली सुरु गरिसकिएको पनि बताएका छन् । हाल यो सिस्टममा दर्ता चलानी, टिप्पणी, ई–हाजिरी लगायतका फिचर समावेश छन् ।

क्रमश विकास गर्दै लाँदा यसमा ईन्भेन्टरी, मिटिङ म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट लगायतका सिस्टम एकीकृत गरिने श्रेष्ठले बताए ।