कीवर्डहरू -

एक्समा नयाँ अपडेट : ‘भिडियो रिप्लाइ’ फिचर सार्वजनिक, के हो यसको विशेषता ?

एक्समा नयाँ अपडेट : ‘भिडियो रिप्लाइ’ फिचर सार्वजनिक, के हो यसको विशेषता ?

काठमाडौं । सामाजिक सञ्जाल एक्सले “React with video” नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले कुनै पोस्टको जवाफमा सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् ।

नयाँ भिडियो मूल पोस्टसँगै स्प्लिट स्क्रिनमा वा त्यसको माथि देखिने गरी प्रस्तुत हुनेछ । कम्पनीले यसलाई परम्परागत Repost वा Quote Post को वैकल्पिक माध्यमका रूपमा प्रस्तुत गरेको छ ।

हाल यो फिचर iOS उपकरणमा मात्र उपलब्ध छ भने Android र वेब संस्करणमा पनि छिटै विस्तार गरिने कम्पनीले जनाएको छ । यसैबीच, एक्सले कस्टम टाइमलाइन र २४ घण्टासम्म विषय म्युट गर्न सकिने नयाँ सुविधा पनि थपेको छ ।

तर कम्पनीले Communities फिचर बन्द गर्नुका साथै नि:शुल्क प्रयोगकर्ताका लागि पोस्ट र रिप्लाइको सीमा पनि घटाएको छ । अब नि:शुल्क खाताले दैनिक ५० पोस्ट र २०० रिप्लाइ मात्र गर्न सक्नेछन् ।