कीवर्डहरू -

नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको आकर्षक अफर, सवारी कर्जामा विशेष सुविधा

नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको आकर्षक अफर, सवारी कर्जामा विशेष सुविधा

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।

एक्स्पोमा बैंकले सहभागी ग्राहकका लागि ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) तथा आधार दरमा वार्षिक १ प्रतिशत प्रिमियम कायम गरी सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार यो विशेष कर्जा योजना एक्स्पो अवधिभर लागू हुनेछ ।

काठमाडौंमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ सम्म सञ्चालन भइरहेको छ । एक्स्पोमा सहभागी भई सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् ।

बैंकले नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ । यस योजनामार्फत ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार सवारी साधन खरिदका लागि वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

विशेष कर्जा योजनाका सम्बन्धमा थप जानकारी लिन बैंकले २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र तथा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।