काठमाडौं । Neplify विश्वभरका नेपालीलाई व्यवसाय, सेवा, कला, संस्कृति र आपसी सहयोगमार्फत जोड्ने Global Nepali Community Marketplace हो । प्लेटफर्मको उद्देश्य नेपाली समुदायका व्यवसाय, सेवा, उत्पादन र अवसरसम्बन्धी जानकारी एउटै डिजिटल स्थानमा उपलब्ध गराउनु हो ।
यसको कार्यालय क्यानडाको टोरन्टो (Toronto Canada) मा रहेको छ । अन्य देशमा पनि आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको Neplify “One Nation Global Connection” भन्ने नारासहित अघि बढिरहेको छ ।
एउटै प्लेटफर्ममा विभिन्न श्रेणी र नि:शुल्क विज्ञापन
Neplify मा प्रयोगकर्ताले Events, Food & Restaurants, Products, Services, Gifts, Jobs & Internships र Accommodations सम्बन्धी जानकारी खोज्न वा आफ्ना विज्ञापन प्रकाशित गर्न सक्छन् ।
नेपालमा रहेका व्यवसाय तथा सेवा प्रदायकले विदेशमा बस्ने नेपालीसम्म आफ्ना वस्तु र सेवाबारे जानकारी पुर्याउन Neplify प्रयोग गर्न सक्छन् । विदेशमा रहेका नेपालीले आफू बसेको ठाउँ वा अन्य सहरमा उपलब्ध नेपाली व्यवसाय, सेवा, कार्यक्रम, रोजगारी र आवाससम्बन्धी जानकारी खोज्न सक्छन् ।
हाल व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि Neplify मा Free Unlimited Listing प्रकाशित गर्न सकिन्छ । प्रयोगकर्ताले वेबसाइट वा मोबाइल एपबाट Account बनाएर आफूलाई चाहिएको जानकारी खोज्न वा आफ्नो विज्ञापन राख्न सक्छन् ।
वेबसाइट र मोबाइल एपमार्फत प्रयोग
Neplify को वेबसाइट र मोबाइल एप दुवैमार्फत Account Create गर्न सकिन्छ । Account बनाएपछि प्रयोगकर्ताले आफ्नो प्रोफाइल पूरा गरी लिस्टिङ हेर्न, आवश्यक जानकारी खोज्न वा आफ्ना वस्तु, सेवा र कार्यक्रमसम्बन्धी विवरण प्रकाशित गर्न सक्छन् ।
कुनै लिस्टिङबारे थप जानकारी लिनुपरेमा प्रयोगकर्ताले त्यहाँ दिइएको फोन नम्बरमार्फत वा मोबाइल एपमा उपलब्ध Neplify Chat बाट सम्बन्धित व्यक्ति वा व्यवसायसँग सम्पर्क गर्न सक्छन् । Neplify Chat मोबाइल एपमा उपलब्ध छ ।
संस्थापकको अनुभव र Neplify सुरु हुनुको कारण
Neplify का संस्थापक देवेन्द्र नेपाल हुन् । क्यानडा आउनुअघि उनले नेपालमा सात वर्षसम्म सूचना प्रविधि क्षेत्रमा उद्यमशीलताको अनुभव हासिल गरेका थिए ।
सन् २०२३ मा क्यानडा आएपछि नेपाली कार्यक्रम, सेवा प्रदायक र समुदायसँग सम्बन्धित अन्य जानकारी खोज्दा सजिलै भेट्टाउन नसकेको अनुभवले उनलाई यस्तो साझा डिजिटल मञ्चको आवश्यकता महसुस गरायो । त्यसपछि नेपाल र विश्वका विभिन्न देशमा रहेका नेपालीलाई जोड्ने उद्देश्यले उनले Neplify निर्माणको काम अघि बढाए ।
नेपाली समुदायका सदस्यले आवश्यक जानकारी र अवसर सजिलै भेट्टाउन सकून्, नेपाली व्यवसायले आफ्नो समुदायसम्म पुग्ने थप माध्यम पाऊन्, र नेपालीबीचको सम्बन्ध, संस्कृति तथा सहकार्य बलियो होस् भन्ने Neplify को दीर्घकालीन दृष्टि हो ।
नेपाली कला, संस्कृति र आपसी सहयोगलाई विश्वभरका नेपालीसँग जोड्ने प्रयास पनि यसको उद्देश्यमा समेटिएको छ ।
आईसीटी समाचार