कीवर्डहरू -

शिक्षा

‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी 

कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च अध्ययन गर्न विदेशतिर लाग्छन् त कोही नेपालमै भएका र राम्रा कलेजतिर भर्ना हुन्छन् । आइटी पढ्ने विद्यार्थीहरु त झनै अलमलमा हुन्छन् । किनकी आईटीमा थुप्रै कोर्षहरु छन् ।

तर यदी पढ्दै कमाउँदै गर्न चाहने विद्यार्थीका लागि बीटेक एड इन आईटी कोर्ष उपयोगी हुन सक्छ । शिक्षा र सूचना प्रविधिको समिश्रण कोर्ष बीटेक एड इन आईटी काठमाडौं विश्वविद्यालयले सञ्चालन गर्दै आएको छ ।

बी टेक एड ईन आईटी कस्तो कोर्ष हो ?

बी टेक एड  इन आइटी अर्थात् ब्याचलर्स अफ टेक्निकल एजुकेसन इन इन्फरमेसन टेक्नोलोजी काठमाडौ विश्वविद्यालय (केयू) अन्तर्गतको स्कुल अफ एजुकेसनको स्टिम एजुकेसन विभाग अन्तर्गत राखिएको कोर्ष हो ।

४ वर्षे कोर्षमा १३६ क्रेडिट आवरको ८ सेमेस्टर हुन्छ । यो कोर्ष २०७८ (२०२२) सालबाट पढाउन सुरु गरिएको हो । पहिलो पटक यो कोर्ष सिन्धुली सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) बाट पढाउन सुरु गरिएको हो ।

यो कोर्ष शिक्षा र आईटी कोर्षको मिश्रण भएको एससीटीआई सिन्धुलीका प्राचार्य अम्बरदिप देवकोटा बताउँछन् । यस कोर्ष सञ्चालन गर्न विभागले स्कुल अफ इन्जिनियरिङको कम्प्युटर साइन्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागसँग पनि सहकार्य गरेको स्कुल अफ एजुकेसन काठमाडौं युनिभर्सीटिका प्रोग्राम कोडिनेटर नेत्र कुमार मानन्धर बताए ।

कस्ता विद्यार्थी पढ्न पाउँछन् ?

यस कोर्षमा १२ कक्षा अथवा सीटीईभीटीबाट डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना हुन पाउँछन् । यससँगै उक्त कोर्षमा प्लस टूमा जुनसुकै कोर्ष पढेका विद्यार्थीले पनि भर्ना हुन पाउँछन् ।

कक्षा १२ मा सबै विषयमा ‘डी प्लस’, १.८ जीपीए अथवा ‘सेकेन्ड डिभिजन’ ल्याएको हुनु पर्छ । अर्थात ४१ प्रतिशतभन्दा बढी नम्बर ल्याएको हुनुपर्छ । यद्यपि यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले पढ्दै काम गर्न समेत सक्नेछन् । देवकोटा भन्छन, ‘यो कोर्ष पढेपछि विद्यार्थीहरु पढ्दै काम गर्दै काम समेत गर्न सक्छन् । तेस्रो सेमेस्टर सकेपछि विद्यार्थीहरु सफ्टवेयर डेभलपर जस्ता काम गरेर पैसा समेत कमाउन सक्छन् ।’

कस्तो छ पाठ्यक्रम ?

यो कोर्ष शिक्षा र सूचना प्रविधिको समिश्रण हो । यसमा शिक्षा र आइटीका दुबै विषय पढ्नुपर्छ । कोर्षमा आईटी बाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पनि पाठ्यक्रम राखिएको देवकोटाको भनाइ छ ।

त्यस्तै आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई-लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत अन्य विषय पढ्नुपर्छ । त्यस्तै यस कोर्षमा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नशिप गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयले यस विषयमा कोर कोर्ष १८ क्रेडिट आवर, भोकेसनल पेडागोजिकल कोर्ष २० क्रेडिट, स्पेसलाइजेसन इन आईटी ८० क्रेडिट आवर  र इन्टर्नशिप तथा रिसर्च १८ क्रेडिट आवर बराबर तोकेको छ ।

विद्यार्थीको मूल्यांकन कसरी हुन्छ ?

यस कोर्षमा सैद्धान्तिक विषयमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्कन हुने गरेको मानन्धरले जानकारी दिए । त्यस्तै प्रयोगात्मक विषयमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत बाह्य मूल्याङ्कन गरिन्छ ।

दोस्रो/तेस्रो सेमेस्टर पछि विद्यार्थीहरूले पढाइसँगै शिक्षण, प्रशिक्षण आदि क्षेत्रमा काम गर्न सक्ने उनी बताउँछन् ।

रोजगारीको अवसर कस्तो छ ?

यो कोर्ष सञ्चालन गर्नुको उद्देश्य नै प्राविधिक तथा व्यावसायिक क्षेत्रका जनशक्ति उत्पादन गर्नु हो । कोर्षमा आईटीका विभिन्न विषय पनि पढ्नुपर्ने भएकाले विद्यार्थीले यस क्षेत्रमा समेत करियर बनाउन सक्छन् । अध्ययनपछि विद्यार्थीले टीभेट सञ्चालन गर्ने, त्यहाँ तालिम प्रदान गर्ने जनशक्तिका रुपमा काम गर्न सक्ने छन् ।

देवकोटाका अनुसार कोर्ष अध्ययनपछि विद्यार्थीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यू ६) बराबर योग्यता पाउँछन् । उनीहरुले आईटी प्रोफेसनल, इन्स्ट्रक्टर,टीभेट एजुकेटर र टीभेट करिकुलम डेभलपर जस्ता काम गर्न सक्नेछन् ।

अध्ययनपछि विद्यार्थीले स्नातकोत्तर तहमा विभिन्न आईटी प्रोग्राम, टीभेट, शिक्षा, सामाजिक विज्ञान आदि विषयको अध्ययन गर्न सक्छन् । यसका साथै उनीहरु लोकसेवा आयोगमा समेत परिक्षा दिन सक्ने देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा पढाइ हुने ठाउँमा ट्रेन्ड टिचर नै छैनन् । यो कोर्ष पढेर विद्यार्थीहरुको भविष्य राम्रो छ । पढे भने विद्यार्थीको स्कोप एकदम राम्रो छ । ट्रेन्ड टिचरको मेनपावर नै छैन । लोकसेवामा जान सक्छन् । बाहिर पनि जान सकिन्छ । थर्ड सेमेस्टर पछाडि सफ्टवेयर बनाएर बेचेर पनि कमाइ गर्न सक्छन् । काठमाडौं विश्वविद्यालयको अन्तर्गतको कोर्ष भएर मार्केटमा राम्रो रहेको छ ।’

कहाँ कहाँ हुन्छ पढाइ ?

२०२२ बाट सर्वप्रथम यो कोर्ष पढाउन  सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) सिन्धुलीमा सुरु गरिएको हो । त्यसपछि अहिले विराटनगरको अस्पायर कलेजमा पनि पढाइदै आएको छ ।  यस वर्षदेखि भने स्कुल अफ एजुकेसन काठमाडौं विश्वविद्यलायमा पनि यो कोर्ष पढाइ हुने मानन्धरले बताए । यसका लागि फर्म समेत खुला भइसकेको छ । सेप्टेमबरको अन्तिमबाट पढाइ सुरू हुनेछ ।

कति लाग्छ शुल्क ?

यो कोर्ष पूरा गर्नको लागि ४ वर्षको लागि ५ लाख ७० हजार रुपैयाँ शुल्क तोकिएको छ  । यसका साथै कलेजको सेवा सुविधा अनुसार शुल्क पनि फरक फरक लाग्ने गरेको मानन्धर बताउँछन् ।

काठमाडौं विश्वविद्यालयमा पढ्नको लागि १ लाख ७० हजार रुपैयाँ छ भने २ लाख १० हजार छात्रवृतिको व्यवस्था हुन्छ । विद्यार्थीले ३ लाख ६० हजारमा ४ वर्षे कोर्ष पढिसक्छन् ।
त्यस्तै,  ८ वटा सेमिस्टरमा १६ किस्तामा यो शुल्क तिर्नुपर्छ। एक किस्तामा २२ हजार ५०० रुपैयाँ तिर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ ।

अध्ययनपछि कति कमाउन सकिन्छ ?

यो कोर्ष पढेका विद्यार्थीहरु भविष्यमा ४० हजार रुपैयाँदेखि ढेड लाख रुपैयाँसम्म कमाउन सक्ने मानन्धरको भनाइ छ । कमाउँदै पढ्दै गर्ने कार्यक्रम भएकाले कम्तिमा ४० हजारदेखि ६० हजारसम्म कमाउन सक्ने मानन्धरले बताए ।

शिक्षा

कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको…

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको…

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…

भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…

हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय

सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…

अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदे…

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँच…

विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान…

नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी

नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ ।

नेपालीको लगानीमा अष्ट्रेलियामा आईटी पढाउने नयाँ कलेज सुरू

नेपाली समेतको लगानीमा उच्च शिक्षा अध्यापनका लागि अस्ट्रेलियामा नयाँ कलेज सुरू भएको…

मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो   

पोखरा विश्वविद्यालयले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस) मा नयाँ भर्ना …

यस्तो छ त्रिविको एमआईटी कोर्ष

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संस्थानले सूचना प्रविधिमा स्नातकोत्त…

यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म

प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय …

आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै

आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…