कीवर्डहरू -

शिक्षा

पुल्चोक क्याम्पसमा पढिरहेका २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।

यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरु र अन्य पाहुनाहरुको समुउपस्थितीमा प्रदान गरिएको थियो ।  

यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा गौरवान्वित भएको बताए ।

‘नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि हो जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिन्छ,’ उनले भने, ‘सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले हामी सबैलाई गर्व मात्र प्रदान गर्दैन भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्दछ ।’

त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई दिदै सम्मान र सहयोगका लागि एनसेलप्रति आभारी रहेको बताए । 

यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरेका थिए । 

यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष ईलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरि एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेको विवेक खनालले यो अवार्ड मेरो कडा मेहनत र पढाई देखाएको उत्कृष्टताको परिणाम भएको बताए । 

‘यो एक आर्थिक सहयोग पनि हो तर अझ महत्त्वपूर्ण कुरा भनेको यो वास्तवमै एक ठूलो सम्मान हो र यसले विद्यार्थीहरूलाई एकदम लगनशील भएर आफ्नो पढाईमा लाग्न उत्प्रेरित गर्दछ,’ उनले भने, ‘यो सहकार्यको लागि म एनसेल र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई धन्यवाद दिन चाहन्छु ।’

एनसेल छात्रवृत्ति प्राप्त गर्ने १८ मध्ये एक विद्यार्थी बेन्जिना ढकालले छात्रवृत्ति प्राप्त गर्न पाउँदा गर्व महसुस गरिरहेको बताउँदै छात्रवृत्ति सधै प्रमुख प्रेरणादायी कारकहरू मध्ये एक रहेको जानकारी दिइन । उनले मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत दोस्रो वर्षमा उत्कृष्ट बन्दै यो छात्रवृत्ति पाएकी हुन् ।

२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् ।

कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । 

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ । 
 

शिक्षा

समयानुकुल आईटी शिक्षा र सीप विकासका लागि डिईएस र त्रिविको सीएसआईटी विभागबिच सहकार्य

सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयक…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी शैक्षिक सञ्जाल इडियुरोममा आबद्ध

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका …

एडब्लुएसको ट्रेनिङ पार्टनरमा जेनेस एकेडेमी, क्लाउड शिक्षालाई नयाँ उचाइमा पुर्‍याउँने दावी

अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालको ट्रेनिङ पार्टनरको रूपमा जेनेस एकेडेमी आवद्ध भएको छ । जेनेस एकेडेमी नेपालको एक …

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

आईटी कलेज सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको…

प्रधानमन्त्रीले भने - सूचना प्रविधिबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरू हुँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागेको…

ब्याचलर्समा कम्प्युटर साइन्स पढाउँदै किंग्स कलेज

किंग्स कलेजले ब्याचलर्स अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने भएको छ ।

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…

सफ्टवेरिका कलेजले ब्याचलरमा अब एआई पनि पढाउने, के के छन् विशेषता ?

सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्ध…

नुवाकोटको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल कुमोन कक्षा

नुवाकोटको ककनी गाँउपालिकाको वडा नम्बर ४ रानीपौवामा रहेको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक डिजिटल कुमोन कक्…

पुनः स्थगित भयो आईओईको प्रवेश परीक्षा

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बीई र बी आर्क) को प्रवेश परीक्षा पुन…

इक्यान र सफ्टएड ग्रुपबीच सहकार्य, ५० विद्यार्थीलाई ब्याचलरमा आईटी पढ्न छात्रवृत्ति दिइने 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सफ्टएड ग्रुप अफ कम्पनिजबीच विद्यार्थीलाई छात्रवृत्…

किन पढ्ने आईटी ? के के छन् रोजगारीका अवसर ? 

कक्षा १२ उतीर्ण भएपछि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने ढोका खोल्छ । बजारमा उच्च श…

खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे बीएड कार्यक्रमम…

नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट

नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश…

नेपालमा वेबसाइटको प्रभाव

वेबसाइटहरूले जीवन, सञ्चार, व्यापार र शिक्षाका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आजको डिजिटल युगमा एक अपरिहार्य उपकरण बनेको छ। नेपालमा र विश्वका अन्…