कीवर्डहरू -

फिनटेक

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सुरू भएको छ । 

तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ । 

यो अफर अन्तर्गत ५ जनाले पल्सर एनएस २०० एफआई एबीएसबाइक जित्न सक्ने छन् भने अन्य विजेताले आईफोन १५, अनर एक्स सेभेन बीस्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् । 

यसका साथ हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका पाउनेछन् ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुने २ महिनाको यस जात्रा अवधि ४ वटा राउन्डमा विभाजन गरिएको छ ।  प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल\सर एनएस २०० एफआई एबीएसको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्। 

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको पल्सर एनएस २०० एफआई एबीएसका लागी स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि पल्सर एनएस २०० एफआई एबीएसजित्ने ५ वटा मौकाहरू रहेका छन्। 

बोनस राउन्डमा पुग्ने प्रयोगकर्तामा १ जनाले पल्सर एनएस २०० एफआई एबीएस, १ जनाले गेमिङ ल्यापट, १ जनाले अनर एक्स सेभेन बी स्मार्टफोन जित्नेछन्। 

यस वर्षको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा खल्तीले ‘सेयर अ कोड’ नामक एक रमाइलो विशेष फिचर ल्याएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी आफूले चाहेको अक्षर र अंक राखेर आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । सो कुपन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् ।

साथीभाइले प्रोमोकोड प्रयोग गरेर अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक प्रयोगमा 10 खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथमा हरेक हप्ता अनर एक्स सेभेन बीस्मार्टफोन जित्ने मौका मिल्नेछ । हरेक हप्तामा १ वटा प्रोमोकोड बनाएर सेयर गर्न मिल्नेछ भने  सो प्रोमोकोड ५ जनाले मात्र प्रयोग गर्न मिल्नेछ। अनर एक्स सेभेन बीस्मार्टफोन को ‘लक्की ड्र’ मा सहभागी हुन सो हप्ता ५ पटक नै प्रोमोकोड प्रयोग हुनु पर्नेछ ।

प्रयोगकर्ताहरूले खल्ती भित्रको जात्रा पेजमा गएर दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन् जसमा एक विशेष नम्बर प्राप्त हुनेछ। हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली नम्बरले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता थप्रै उपहारहरू जित्न सक्नेछन् । खुत्रुके हरेक दिन Refresh हुनेछ: हरेक दिन नयाँ खुत्रुके र नयाँ खुत्रुकेमा नयाँ उपहार जित्ने मौका रहनेछ। 

जात्राको अर्को विशेषता डिजिटल स्क्र्याच कार्डलाई खल्तीले यस वर्ष पनि निरन्त्रता दिएको छ। खल्ती प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

यस बाहेक योजना  अवधिभर खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा एक जनाले ‘लक्की ड्र’ मार्फत आईफोन १५ विशेष उपहार जित्नेछन् । त्यसै गरी जात्रामा करिडौँ बराबरको अझै थुप्रै अफर र उपहारहरू उपलब्ध रहेका छन्।

यस जात्रा अफरका बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसपटक पनि अझै परिस्कृत र विशाल रूपमा प्रयोगकर्ता माझ पेमेन्ट जात्रा ल्याएको बताए ।

प्रयोगकर्ताहरूको सहज र सरल अनुभवका लागि खल्तीले आफ्नो एप भित्र जात्रा पेज निर्माण गरेको छ, जहाँ प्रयोगकर्ताहरूले आफ्नो भुक्तानी यात्रा हेर्न र ट्रयाक गर्न सक्नेछन् । 

एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ। खुत्रुके फुटाउने र आफ्नै कोड बनाउने फिचर पनि जात्रा पेजमा उपलब्ध छ। यस जात्रा अफरमा सम्पूर्ण केवाईसी प्रमाणीकरण भएका खल्ती प्रयोगकर्ता सहभागी हुन सक्नेछन्।

केवाईसी प्रमाणीकरण नभएका प्रयोगकर्ताहरूले पनि केही मिनेटमै केवाईसी प्रमाणीकरण गराएर अफरमा सहभागी हुन सक्नेछन्। 


 

फिनटेक

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ । 

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा …

ग्रीन हाइड्रोजनको अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँ…

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजि…

भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू…

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत संस्थाको पुँजी १ अर्ब ६ करोड ५८ लाख हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बिहीबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको गरेको छ ।

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ । 

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्तिको अवसर

कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहर…

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्…

खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्…

सिटिजन्स बैंकको वार्षिकोत्सव अफरः डिजिटल भुक्तानीमा क्यासब्याक, ई-कम कार्ड निःशुल्क पाइने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमईको क्रेडिट कार्डवाहकलाई ६ हजारको किस्ताबन्दीमा थाइल्यान्ड घुम्ने अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ता…

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र डेटा प्याक खरिद गर्दा आईफोन १५ जित्ने मौका

कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ । ग्राहकका लागि डिजिटल बैंकिङ अन…