कीवर्डहरू -

अन्तर्वाता/विचार

के हो क्युआर कोड ? यसरी जोगिनुहोस् क्युआर कोडबाट हुने ह्याकिङबाट

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ ।

यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ ।

यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणको बारेमा जान्नका लागि पनि क्युआर कोडको प्रयोग गरिन्छ ।

तपाईलाई लाग्छ होला यो क्युआर कोड प्रयोग गर्न सहज छैन होला । तर यस्तो हुँदै होइन् । यसलाई बनाउन पनि एकदमै सहज रहेको छ ।

तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ । ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ ।

क्युआर कोडमा सबै विवरणहरु सुरक्षित राख्न सकिन्छ । क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउँछ । त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा राखेको सबै विवरणहरु देखाउँछ ।

क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन् । क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ ।

\"\"

फोटो स्रोत ः एसेट इन्फिनिटी

के हो त क्युआर कोड ?

क्युआर कोडको पूर्ण रुप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिन्छ ।
एकचोटि क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट कति धेरै जानकारी प्राप्त गर्न सकिन्छ ।

यसको प्रयोग ठूलो उद्योग, ठूलो व्यवसाय, खुद्रा पसल र अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् ।

क्युआर कोडमा क्षति पुगेतापनि क्युआर कोडको संरचना डेटा कुञ्जीहरूमा त्यसको नक्कलहरू समावेश गरिएको हुन्छ । यसले गर्दा स्क्यानरहरूमा यसको पठन योग्यतालाई असर नगरीकनै ३० प्रतिशत कोड संरचना क्षति पुग्दैन् ।

क्युआर कोड कसले निर्माण गरेको हो त ?

सुपरमार्केटहरुमा एकदमै भीड भएर पैसा तिर्ने ठाउँमा लाइन हुन थालेपछि पोइन्ट अफ सेल्स प्रविधिको विकास गरियो ।
यो बारकोडको एकदमै सुरुवाती भर्सन रहेको थियो । यति गरे तापनि सुपरमार्केटहरुले समस्या समाधान भएन ।

किनभने सुरुवाती भर्सनमा एक दिशामा कोडिङ गर्न मिल्ने मात्रै व्यवस्था रहेको थियो । त्यस्तै बारकोडले सूचनाको २० अल्फान्युमेरिक क्यारेक्टर मात्रै स्टोर गर्न सक्थ्यो ।

क्युआर कोडको विस्तृत रुप डिईएएनसो वेब इनकर्पाेरेटेडले बनाएको हो । कम्पनीको प्रमुख विकासकर्ता मासाहिरो हाराले यसको विशेष विकास गरेका थिए ।

बारकोडको सिमा थाहा पाएपछि सुपरमार्केटहरुले डिईएएनसो वेब इनकर्पाेरेटेडलाई सम्पर्क गरेको थियो । हाराले बारकोडलाई युनीडिरेक्स्नल बाट टु–डी कोडमा परिणत गरिदिएका थिए ।

यसले गर्दा बारकोडमा अझै धेरै जानकारी राख्न मिल्ने भएको थियो । हाराले क्युआरकोडको आकार वर्गाकार दिने निर्णय गरे किनभने अन्वेषण गर्दा यो सजिलै पत्ता लाग्ने आकार हो भनेर पाइएको थियो ।

वर्गाकारले तेर्साे र ठाडो दुवै तरिकाले जानकारी कोडिङ गर्नलाई पनि मद्दत पु¥यायो । वर्गाकारमा राख्दा क्युआरकोडको जानकारीलाई बारकोडभन्दा १० गुणा चाँडो रिड गर्न मिल्ने भयो ।

यो सबै अन्वेषणलाई डिईएएनसो वेब इनकर्पाेरेटेडले सन् १९९४ मा प्याटेन्ट अधिकार नराखिकनै सार्वजनिक गरेको थियो । यसपछि त क्युआर कोडको प्रयोगकर्ता अत्याधिक संख्याले बढ्दै गएका थिए ।

क्युआर कोडले कसरी काम गर्छ त ?

क. क्युआर कोडको सरंचना ः
अहिलेको क्युआर कोडहरुमा सात ओटा भाग हुने गर्छन् । हरेक भाग रे पिक्सेल प्याटर्न बनाउँछ । जुन कुनै पज्जल जस्तै देखिने गर्छ ।

यसमा रहेको प्रत्येक तत्वको एक विशिष्ट उद्देश्य हुन्छ जसले कोड मार्फत निश्चित जानकारी पु¥याउने काम गर्छ । जस्तै प्रिन्ट दिशा, समय, त्रुटि सहिष्णुता, र खाली ठाउँहरू जसले गर्दा कोड फरक छुटयाउन मद्दत पुग्छ ।

\"\" फोटो स्रोत ः प्याट्रिक वाईड

क्युआर कोड कसरी स्कयान गर्ने ?

अहिलेका धेरैजसो क्युआर कोडलाई स्मार्टफोन कै मद्दतले स्क्यान गरिन्छ । स्क्यान गर्नलाई एन्ड्रोइड र आईओएस दुवैमा क्युआर स्क्यानिङ गर्नलाई निःशुल्क एपहरु रहेका छन्।

धेरैजसो एपमा सहज रुपमा एप खोलेर एक क्लिक मै क्युआर कोड स्क्यान गर्न मिल्ने अप्सन हुने गर्छ ।

नेपालममा क्युआर कोड कतिको प्रयोगमा छ त ?

नेपालमा धेरैजसो ‘क’ वर्गको बैंकहरुले क्युआर कोडको प्रयोग सुरु गरिसकेका छन् । विकास बैंकदेखि यातायात, पसलहरुमा पनि क्युआर कोड प्रयोग हुन थालिसकेको छ । काठमाडौंमा बाहेक बाहिर पनि यसको प्रयोग बढ्दै गएको छ ।

जस्तो कि, ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार वरपरदेखि बैंक अफ काठमाण्डूले पूर्वी नेपालका विभिन्न कम्पनीका बसहरूमा क्युआर कोडको सेवा दिइरहेको छ ।

उसले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायातद्वारा सञ्चालित २२ वटा बसहरूमा भाडा संकलन गर्न क्यूआर कोडको प्रयोग सुरु गरेको थियो ।

सनराइज बैंकले पनि त्रिनगर कृषि हाट बजार धनगढी कैलाली, प्रभु बैंकले उपत्यकामा चल्ने सफा टेम्पो, प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध गराइएको हो ।

यि केही उदाहरण मात्र हुन् । मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिनामा २ अर्ब ७२ करोड २० लाखको भुक्तानी भएको छ ।

यो यसअघिको महिनाको भन्दा ६६ करोड ७० लाख रुपैयाँले बढि हो हो । फागुन महिनामा २ अर्ब ५ करोड ५० लाख रुपैयाको कारोबार भएको थियो । यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

चैत महिनामा ६ लाख ३५ हजार ७ सय  ३८ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् । त्यसअघिको महिनामा ५ लाख ३५ हजार ७ सय ९० इलेक्ट्रोनिक ट्रान्जेकसन भएको थियो । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५८ लाख ९० हजार रुपैयाँ भुक्तानी भएको थियो ।

नौ महिनामा मोबाइल वालेटबाट भएको भुक्तानी ११ अर्ब २ करोड १० लाख रुपैया रहेको छ । क्युआर कोडले नेपाललाई डिजिटल युगको तर्फ जानमा मद्दत पु¥याइरहेको छ । जसले गर्दा लेस क्यास समाज बनाउन सजिलो हुनेछ ।

यो महामारीको समयमा सामाजिक दूरी कायम गर्नुपर्दा त झन क्युआर कोड जस्तो डिजिटल भुक्तानीले एकदमै सहयोग पु¥याएको छ ।

क्युआर कोड बनाउने केहि वेबसाइटहरु
https://www.qr-code-generator.com/

https://www.the-qrcode-generator.com/

http://goqr.me/

https://www.qrstuff.com/

यति धेरै कुरामा उपयोगी क्युआर कोडले पनि हालको समयमा प्रयोगकर्ताहरुलाई समस्या पारिरहेको छ । क्युआर कोड प्रयोग गरेर ह्याकिङ गर्ने आक्रमणकारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

क्युआर कोड भित्र लुकेको साइबर खतरा

क्युआर कोडले गर्दा फिशिङको समस्या हुन सक्छ । ह्याकरहरुले भित्तामा, कुनै कोठामा वा कम्प्यूटर स्क्रीनमा कोडहरु छाडिदिएर गएका हुन्छन् जसलाई स्क्यान गर्दा नराम्रो साइटहरुमा पुग्ने गरिन्छ ।

यो प्रक्रियालाई क्युआरएल ज्याकिङ पनि भनिन्छ । बस स्टप वा अरु भिडभाडको ठाउँहरुमा पनि ह्याकरहरुले स्टीकर टाँसेर फिशिङ गर्ने गर्दछन् ।

अर्को तरिका भनेको क्युशिङ हो । यसले प्रयोगकर्ताहरुलाई चर्चित वेबसाइटहरुको नक्कली भर्सनमा लगिदिने गर्दछ । त्यहाँ प्रयोगकर्ताहरुलाई आफ्नो लगइन आइडी हाल्न लगाएर ह्याकरहरुले त्यस्तो जानकारी चोरिदिने गर्दछन् । ह्याकरहरुले निःशुल्क वाईफाई नेटवर्क राखेर पनि क्युआर कोड स्क्यान गर्न लगाउने गर्दछन् ।

यसले गर्दा आक्रमणकारीले शान्त रुपमा बैकिङ र क्रेडिट कार्डको जानकारी चोर्न सक्छन् । सक्कली क्युआर कोडको कागजलाई हटाएर ह्याकरहरुले आफ्नो हानीकारक क्युआर कोड पनि राखिदिने गर्दछन् ।

स्क्यान गर्नुअघि ध्यान दिनुहोला

सार्वजनिक थलोमा क्युआर कोड स्क्यान गर्नुअघि क्युआर कोडको कम्पनी सक्कली जस्तो लाग्छ की लाग्दैन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै तपाईले स्क्यान गरेको कोड तपाइले साचेकै यूआरएलमा देखाउने गर्छ की गर्दैन् भनेर पनि ध्यान दिनुपर्ने हुन्छ ।

आफ्नो डिभाइसमा आएको सेक्युरिटी अपडेटहरुलाई पनि समयमै इन्स्टल गरेमा ह्याकिङबाट बाँच्न सकिन्छ । नचिनेको लिकं आउँदा क्लिक गर्नुहुन्न भनेर सचेत रहेपनि बाहिर जहाँ पायो त्यहीँ क्युआर कोड स्क्यान गर्नुहुदैन् भन्ने चेतना धेरै प्रयोगकर्तामा आइसकेको छैन् ।

कर्पोरेट डिभाइसहरुलाई सुरक्षित गर्ने

व्यवसायी र आईटी प्रशासकीय सदस्यले आफ्नो साइट र एपलाई समय समयमा जाँच गरिरहनुपर्छ । यसले गर्दा आफ्नो क्युआर कोड ह्याक भएको हो की होइन भनेर थाहा हुने गर्दछ ।

सबै कर्पोरेट डिभाइसमा मल्टि फ्याक्टर अथेन्टिकेसन पनि हुनुपर्छ, जसले साइटलाई अझै सुरक्षित बनाउने गर्दछ । अहिले आएर क्युआर कोडमार्फत हुने ह्याकिङ एकदमै बढदै गएको पाइएको छ ।

अन्तर्वाता/विचार

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवस

विश्वमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुको न्यून उपस्थिति भैरहेको तितो …

५३ खर्बमा एलन मस्कले खरिद गरे ट्वीटर, कस्तो होला परिवर्तन ?

विश्वकै धनी व्यक्ति एलन मस्कले लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । ४४ बिल…

दिगो डिजिटल व्यापारको निर्माण गर्दै ह्वावे

एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसित परिपक्व छ । महामारीले यसलाई ग…

सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?

बिटकोइन हामी नेपालीहरुका लागि अलि 'अचम्म' कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो दे…

के हो कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट भनेको ?

कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्य…

ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?

ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…

वेब ३.० को बारेमा केही रोचक तथ्य 

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…

मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ? 

मानिसले इन्टरनेटको एउटा जालो बनायो र आज मानिस त्यही जालाेमा फस्दैछ । समस्या स्मार्ट…

डिजिटल लर्निङ सम्बन्धि १२ रोचक तथ्य

आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…

बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता) 

२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…

थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)

आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेल…

साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय 

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता …

किन करोडौं रकम खर्चेर एनएफटी किन्छन् मानिस ?