कीवर्डहरू -

मोबाइल

गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै

गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।

परिवर्तन गरिएको एपलाई पिक्सेल क्यामेरा भनिनेछ । यसअघि गूगल क्यामेरा नाममा पिक्सेल फोनमा क्यामेरा उपलब्ध हुँदै आएको थियो । नाम बाहेक गुगलले एपको विवरण पनि परिवर्तन गर्ने जनाइएको छ । 

पिक्सेल क्यामेराको नयाँ संस्करणले एन्ड्रोइड १४ र माथिका संस्करणहरूमा चल्ने पिक्सेल डिभाइसमा मात्र काम गर्नेछ । वेयर ओएसका लागि पिक्सेल क्यामेराको नयाँ संस्करणले पिक्सेल फोनहरूसँग जोडिएका वेयर ओएस ३ डिभाइसमा मात्र काम गर्नेछ ।

पिक्सेल फोल्ड, पिक्सेल ट्याब्लेट र पिक्सेल ७ प्रो जस्ता डिभाइसहरू हाल गूगल क्यामेरा एपको संस्करण ९.० मा चलिरहेका छन् । गुगलले नयाँ पिक्सेल ८ सिरिजका लागि संस्करण ९.१ रोल आउट गर्न सुरू गरेको छ । 

परिवर्तन गरिएको सूचीले गूगललाई पिक्सेल ८ प्रो विशेष सुविधाहरू जस्तै ५० मेगापिक्सेल उच्च रिजोल्युसन मोड र प्रो नियन्त्रणहरू प्रयोग गर्न अनुमति दिन्छ ।

कम्पनीले गत मेमा आयोजित आफ्नो वार्षिक विकासकर्ता सम्मेलन आइ/ओ २०२३ मा पिक्सेल क्यामेरा ब्रान्डिङ गरेर ल्याउने घोषणा गरेको थियो । यस महिनाको सुरूमा पिक्सेल ८ र पिक्सेल ८ प्रो स्मार्टफोनहरू सार्वजनिक गरेको थियो ।

मोबाइल