कीवर्डहरू -

मोबाइल

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८० प्रोसेसर जडान गरिएको छ । 

१३ मेगापिक्सेल सेल्फी र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यसमा १२० हर्जको रिफ्रेस रेट गरिएको छ । ए २५ फाइभजीमा २५ वाटको फास्ट चार्ज सुविधा छ । यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारितमा ४ मुख्य एण्ड्रोइड अद्यावधिकहरु र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरु प्राप्त हुने सामसङले जनाएको छ ।

ग्यालेक्सी ए २५ फाइभजी दुई थरीको ८ जीबी र्‍याम र १२८÷२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । 

यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ । हाल ८÷१२८ जीबी क्षमता भएको सामसङ ए २५ फाइभजीको मूल्य ४० हजार ९९९ रूपैयाँ रहेको छ भने  ८÷२५६ जीबी भएको फोनको मूल्य ४४ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् तपाईंले शुन्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँ फोनलाई आफ्नो बनाउन सक्नु हुनेछ । 

मोबाइल

सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?

सामसङले आफ्ना प्रयोगकर्ताका लागि ए सिरिजमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए १५ फाइभजी मा ए१५ को फोरज…

भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा

भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शानदा…

आरओजी फोन ८ ल्याउँदै असुस

असुसले आरओजी फोन ८ ल्याउने भएको छ । असुसले एक्समार्फत एउटा पोष्ट साझा गरेको छ, जसमाआरओजी फोन ८ ल्याउन लागेको जनाइए…

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

<…

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ ।  के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयो…

डिसेम्बरमा सार्वजनिक हुँदै यी ३ स्मार्टफोन

सन् २०२३ हो अन्तिम महिना डिसेम्बर भर्खर सुरु भएको छ । यो महिना विभिन्न स्मार्टफोनहरू सार्वजनिक हुँदै छन् । 

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा आधिकारिक रुपमा सार्वजनिक भएको छ । हालसालै लन्च गरिएको अनर एक्स ७ बी अनरको सबैभन्दा…

ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटम…

चाँडै नेपालमा सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रिअर्डर सुरु हुने

सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ सार्वजनिक भएको छ ।

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३…

चाँडै सार्वजनिक हुँदै ओप्पो रेनो ११ सिरिज

ओप्पो रेनो ११ सिरिज चाँडै बजारमा ल्याइनेछ । यो फोन रेनो १० सिरिजको उत्तराधिकारी हुनेछ । अब कम्पनीले रेनो ११ सिरिज लन्च गर्ने …

नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?

टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभ…

सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने

सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सी…

तीन महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात

चालु आर्थिक वर्षको ३ महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात भएको छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म १० लाख १५…

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …