कीवर्डहरू -

कार्यक्रम

वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलबमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले ७-७ दिन वेबसाइट र मोबाइल एप डेभलपमेन्ट तालिम दिने भएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यबसायलाइ अनलाइनमा लैजान वेबसाइट र मोबाइल एप निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला यस्तो तालिम ल्याएको ‘ईकमर्श साथी’का प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले बताए ।

सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् ।

सोही कुरालाई ध्यानमा राख्दै निःशुल्क वेबसाइट डिजाइन तालिम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । आधारभूत वेबसाइट डिजाइन तालिम आगामी २७  बैशाखदेखि सुरु हुने आयोजक कम्पनीका सञ्चालक विजय कुमालले जानकारी दिए । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्ने उनले बताए ।  

वेबसाइट डेभलबमेन्ट कक्षामा आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्डप्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल-टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ । मोबाइल एप्प डेभलपमेन्टतर्फ Basic Dart र Flutter बारे सिकिने र केही प्रोजेक्टहरु कक्षामा रियल-टाइम बनाउन सिकाइने कुमाले बताए ।  

अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट र एप्प पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइट एप्पको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइट र एपबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको जानकारी दिए । 

जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । वेबसाइट डेभलबमेन्ट तालिम हरेक दिन बेलुकी ७ बजेदेखि ८ बजेसम्म चल्नेछ र मोबाइल एप्प डेभलबमेन्टतालिम हरेक दिन बेलुकी ८:४५ बजेदेखि १०:००  बजेसम्म चल्नेछ ।

तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइने छ । वेबसाइट डेभलपमेन्ट तालिममा सहभागी हुन यहाँ र एप डेभलपमेन्ट तालिममा सहभागी हुन यहाँ क्लिक गरी फाराम भर्न सकिने छ । 

कार्यक्रम

चितवनमा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुँदै

चितवनमा अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहर…

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला&nbs…

काठमाडौँमा एडब्लुएस कम्युनिटी डे मनाइंदै, यसरी हुनुहोस् सहभागी

एडब्लुएस युजर ग्रुप नेपालको आयोजनामा आउँदो २१ अप्रिलका दिन दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ ।&nb…

नेसनल आईसीटी अवार्डका लागि वैशाख ७ गतेसम्म आवेदन दिन सकिने, यी सात विधामा हुँदैछ अवार्ड वितरण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) का लागि आव…

टेक पिक नेपाल २०२४ सम्पन्न, सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड

सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी आज काठमाडौँ आयोजना भएको  टेक पिक नेपाल, २०२४ मा सहभागीहरुले सूचना प्रविधिका क्षेत्रमा…

स्टार्टअपसहित ७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । <…

बुटवलमा कामना सेवा विकास बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरि डिजिटल…

नेपालकै ठुलाे हाेली विशेष इभेन्ट दरबारमार्गमा हुँदै

काठ्माण्डाैंकाे दरबार मार्गमा फागुन ११ गते आर्बिटरी इभेन्टकाे आयाेजनामा नेपालकै पहिलाे र भब्य हाेली पून्ही फेस्टिभल हुने भएकाे छ । यूनेस्काे तथा दरबारमार्ग …

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सम्पन्न भएको छ । क्यानेडियन स्टडी सेन्टरद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालय हल्ट प्राइज प्रतियोग…

१४ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ सम्पन्न

फागुन १८ र १९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना भएको डिजिटल कर्णाली कन्क्लेभ २०२४ सम्पन्न भएको छ । १४ बुँदे प्रतिबद्धतापत्र जारी…

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (KURC) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्र…

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

रोबोटिक्स एशोशिएसन नेपालले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू भएको छ । काठमाडौंको दशरथ रंगश…

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हल्ट प्राइजको फाइनल कार्यक्रम हुने भएको छ । कोटेश्वरको एवान भेन्यूमा सञ्चालन…

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भ…

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनव…