कीवर्डहरू -

दूरसंचार

टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार आम्दानी गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधि (२०७९ चैत्र मसान्त) को तुलनामा चालु वर्षमा २ अर्ब ३७ लाख ७ हजार आम्दानी घटेको छ । 

आम्दानी घट्दा टेलिकमको खुद नाफा भने बढेको छ । चालु आवको तेस्रो त्रैमासिकसम्मको खुद मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रूपैयाँ छ । यो मुनाफा गत आवको सोही अवधिको खुद मुनाफाको तुलनामा १८ करोड १७ लाख ९३ हजार रूपैयाँले बढी हो । 

चालु आवको तेस्रो त्रैमासिकसम्म टेलिकमको सञ्चालन समेत कमी आएको छ । २०८० चैत्र मसान्तसम्म टेलिकमको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रूपैयाँ रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आयको तुलनामा १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार रूपैयाँले कमी हो । 

ओटीटी, बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको आम्दानीमा असर गरेको टेलिकमले जनाएको छ । 

साथै सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको र बैंक ब्याजदरमा भएको परिवर्तनका कारण आम्दानी कमी भएको टेलिकमको भनाइ छ ।  
 

दूरसंचार

आईस्पानले भन्योः सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट उ‌द्योग धराशायी हुने अवस्था आयो

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल …

निर्वाध इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकलाई नियामकको निर्देशन, कारवाहीको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले आम उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । …

नवीकरण दस्तुर एकमुष्ट २० अर्ब बुझाउने निर्णयप्रति टेलिकमका कर्मचारीहरूको ध्यानाकर्षण

नेपाल टेलिकमका कर्मचारीहरूले नविकरण दस्तुर वापत एकमुष्ट २० अर्ब बुझाउने सञ्चालक समितिको निर्णयमा टेलिकमका कर्मचारीहरूको गम्भीर …

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

इन्टरनेटहरू सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट सेवा जुनसुकै अवरूद्ध हुन सक्ने बताएका छन् । बिहीबार इन्टरनेटहरू सेवा प्रदायकहरूक…

नौं लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।…

सङ्खुवासभामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँ…

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

डोल्पामा पनि पुग्यो द्रुत गतिको इन्टरनेट एफटिटिएच सेवा

नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा डोल्पामा विस्ता…

बागलुङको निसीखोलामा टेलिकमको टुजी र फोरजी विस्तार

बागलुङको निसीखोला वडा नं ५ चिहानडाँडामा नेपाल टेलिकमले मोवाइल सेवा पुर्या‍एको छ । मोवाईल सेवा नहुँदा प्रभावित बनेका त्…

एनटी टिभीमा टेलिकमले लागु गर्‍यो आलाकार्टा प्रणाली

नेपाल टेलिकमले आफ्नो आईपी टेलिभिजन सेवा एनटी टिभीमा आलाकार्टा शुल्क प्रणाली लागु गरेको छ । आफूले हेर्न चाहेको…

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्र…

खेल र खेलाडीलाई एनसेलको साथ

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्…

ग्राहकमैत्री बन्दै एनसेल एप

एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भ…

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउने

नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम…

एनसेलको १८ का लागि १८ विकास कार्यका लागि १६५ बढी प्रस्ताव प्राप्त

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका ला…