कीवर्डहरू -

दूरसंचार

एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्

बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिले देखि नै सञ्चालनमा ल्याइरहेको छ । 

सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्छ । 

२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक गरी गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहोर्‍याई आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

 

दूरसंचार

एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ? 

नेपालमा पछिल्लो समय फोरजी प्रयोगकर्ताहरू बढिरहेका छन् । देशभर फोरजी सेवा विस्तार ह…

साइबर सुरक्षा  विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा  विनियमावली, २०७७ संशोधन गर्ने भएको छ ।…

प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय हाजिरी मेसिन घर लैजाने त्रिभुवन वि…

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत, अन्यको कति ? 

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट तर्फ सबैभन्दा बढी बजार हिस्सा नेपालकै ठूलो इन्टरनेट सेवा …

अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी

अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…

के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ? 

नेपाल दूरसञ्चार प्राधिकरणले राजस्व चुहावट रोक्न, कल बाइपास नियन्त्रण गर्न र सेवाको ग…

प्राधिकरणको स्पष्टिकरणः टेरामोक्स प्रविधिले भ्वाइस ट्यापिङ गर्दैन्, एसएमएस पनि हेर्दैन्

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको सिस्टममा राख्न लागेको टेरामोक्स (…

नेपालको जीडीपीमा आईटी सेवा निर्यातको योगदान १.४ प्रतिशत, कम्पनीभन्दा फ्रिल्यान्सरको बढी

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गर…

नेपालबाट ६७ अर्ब बढीको आइटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि 

नेपालबाट सन् २०२२ मा करिब ५१५ मिलियन अमेरिकी डलर अर्थात ६७ अर्ब ६६ करोड ८४ लाख न…

भ्वाइस सेवा प्रदायकले अफर लागु गर्नुभन्दा ७ दिन अगाडि प्राधिकरणलाई जानकारी दिनुपर्ने

भ्वाइस सेवा प्रदायकहरूले फेस्टिभल अफर र प्रमोसनल अफर लागु गर्नु पूर्व कम्तिमा ७ दिन …

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थ…

पूर्वाधारमा लगानी, युवाको कर्मले डिजिटल अर्थतन्त्रमा आम्दानी

उत्साहजक सहभागीतासहित २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ समापन भएको …

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास…

\'साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण सूचनाको गोपनीयतामा चुनौती\'

देउखुरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकार…

सोलुखम्बुको खुन्दे र खुमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट, अब उच्च गतीको इन्टरनेट चलाउन सकिने 

नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटव…