कीवर्डहरू -

एन्ड्रोइड फोनमा फाइलहरू सेयर गर्न यसरी प्रयोग गर्नुहोस क्वीक सेयर

एन्ड्रोइड फोनमा फाइलहरू सेयर गर्न यसरी प्रयोग गर्नुहोस क्वीक सेयर

गत वर्ष गुगलले आफ्नो फाइल सेयरिङ फिचर ‘नियरबाई सेयर’ को नाम परिवर्तन गरी क्विक सेयर गरेको थियो । क्विक सेयर गुगलको एउटा फाइल सेयरिङ सिस्टम हो, जसको मद्दतले कुनै पनि प्रकारको फाइललाई दुई डिभाइस बीच वायरलेस रूपमा सेयर गर्न सक्नुहुन्छ ।

क्विक सेयर सबै तीनवटा डिभाइस विन्डोज, क्रोम ओएस र एन्ड्रोइडमा प्रयोग गर्न सकिन्छ । धेरै मानिसहरूक्विक सेयर बारे सचेत छैनन् । आज हामी तपाईलाई क्विक सेयरको प्रयोग र फाइदाहरू बारे जानकारी दिदैछौं ।

क्विक सेयर भनेको तस्बिर, भिडियो, कागजात वा अन्य फाइलहरू दुई डिभाइस बीच साझेदारी गर्ने तरिका हो । क्विक सेयर नियरबाई भन्दा छिटो छ । तपाईं आफ्नो विन्डोज सिस्टममा क्विक सेयर एप डाउनलोड र प्रयोग गर्न पनि सक्नुहुन्छ ।

फोनमा क्विक सेयर फेला पार्ने सबैभन्दा सजिलो तरिका भनेको माथिदेखि तलसम्म स्वाइप गरेर क्विक सेटिङमा जानु हो, जहाँ इन्टरनेट, वाइफाइ र फ्लाइट मोड जस्ता विकल्पहरू छन् । यसबाहेक, तपाइँ सेटिङ एपमा गएर क्विक सेयर खोज्न सक्नुहुन्छ ।

क्विक सेयरमार्फत कुनै पनि फाइल अर्को डिभाइसमा पठाउनका लागि तपाईंले पठाउन चाहेको फोटो,भिडियो वा फाइल चयन गर्नुहोस् ।

अब सेयर विकल्पमा क्लिक गर्नुहोस् । अब तपाईले ’क्विक सेयर’ देख्नुहुनेछ । यसमा क्लिक गर्नुहोस् । यसपछि, तपाईंले नजिकै रहेका ती सबै डिभाइसको सूची देख्नुहुनेछ जसमा क्विक सेयर सक्रिय छ ।

ती मध्ये, तपाईंले फाइल पठाउन चाहनुभएको डिभाइसको नाममा क्लिक गर्नुहोस् ।