कीवर्डहरू -

ग्याजेट्स

सी-थ्रु ल्यापटप सार्वजनिक, स्क्रिनदेखि किबोर्डसम्म सबै पारदर्शी

मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा, लेनोभोले आफ्नो पछिल्लो आविष्कार पारदर्शी स्क्रिन र लगभग पारदर्शी किबोर्ड भएको ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले टिंकबुक पारदर्शी डिस्प्ले ल्यापटप ल्याएको छ, जसमा १७.३ इन्चको स्क्रिन छ ।

यस ल्यापटपको पछाडि भएको वस्तु पनि देख्न सकिने छ। यो डिभाइसमा आकर्षक १७.३ इन्चको माइक्रोलेड डिस्प्ले छ, जसमा बेजेल कम डिजाइन छ । जब प्यानल सक्रिय हुन्छ, यसले ५५ प्रतिशत पारदर्शिता प्रदान गर्नेछ ।

यो पारदर्शी ल्यापटप कलाकारहरूका लागि विशेष उपयोगी हुन सक्ने लेनोभोले बताएको छ । कलाकारहरूले यस ल्यापटपमा डिजिटल आर्ट सिर्जना गर्न सक्छन् । यद्यपि, यस किबोर्डमा स्टाइलस पेनको साथ चित्र कोर्न एकदमै रमाइलो छ  ।

लेनोभोको यो पारदर्शी ल्यापटप हेर्नलाई निकै आकर्षक भए पनि अहिले यसलाई दैनिक प्रयोगका लागि उपयुक्त नहुने जनाइएको छ । भविष्यमा यस्ता टेक्नोलोजी थप विकास हुन सक्ने छन् भने, त्यस्ता ल्यापटपहरू प्रयोग गर्न थप व्यावहारिक हुन सक्ने छ ।

लेनोभोले यो सामान्य ल्यापटप जस्तै काम गर्ने र सबै सुविधाहरू रहेको बताएको छ । तर, वर्तमान प्रविधिले यसलाई दैनिक प्रयोगको लागि पूर्ण रूपमा उपयुक्त बनाउँदैन् ।

विभिन्न ठाउँमा पारदर्शी स्क्रिन प्रयोग गर्दा पढाइमा समस्या हुन्छ कि हुँदैन, स्क्रिनको ब्राइटनेस बढी हुन्छ कि हुँदैन र यसले कसैको गोपनीयता हनन गर्न सक्छ कि गर्दैन भन्ने जस्ता धेरै प्रश्नहरू उठ्छन् ।

तर अहिलेका लागि रङहरू राम्रो देखिँदैनन् र चीजहरू स्पष्ट देखिन स्क्रिन अलि कम पारदर्शी हुनु आवश्यक रहेको छ । किबोर्ड पनि पारदर्शी र वास्तविक बटनहरू नभएका कारण स्क्रिनबाट प्रकाश यसमा पर्छ र टच किबोर्ड राम्रोसँग नदेखिने गरेको छ । 

 

ग्याजेट्स

नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने

नथिङको आगामी फोन २ एमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रो प्रयोग हुने भएको छ । यसअघि नथिङ वान र टु स्मार्टफोनका लागि क्वालकमको …

अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक

अनर एक्स ९ बी भारतमा पनि सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक भएको केही समय पछि सो फोन भारतमा समेत सार्वजनिक भएको हो । …

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक भएको छ । उत्कृष्ट सुविधासहित नेपालमा ग्यालेक्सी ए १५ सार्वजनिक गरेको सामसङ…

१४ औं जेनेरेशनको आरओजी स्ट्रिक्स जी १६ र जी १८ गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस ब्रान्डको आधिकारिक वितरक नागमणी इन्टरनेशनलले नेपालमा आरओजी स्ट्रिक्स गेमिङ ल्यापटप सार्वजनिक गरेको छ ।…

ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक

प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …

टिसीएलका वायरलेस साउन्डबार नेपाली बजारमा

घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ । टिसीएलका साउन्डबारहर…

किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध

टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र …

रेडमी नोट १३ प्रो र १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक

रेडमी नोट १३ प्रो फाइभजी र रेडमी नोट १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ । 

रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य

रियलमीले २ वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा रियलमी सी ५१ र रियलमी सी ५३ छुट मूल्यमा उपलब्ध गराउने भएक…

बोल्टका इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुँदै

भारतीय अडियो कम्पनी बोल्टको इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा…

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यसअघि प्रि-बुकिङ खुला भएको अनर एक्स नाइन बी…

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन ने…

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ सम…

ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा

सामसङले नेपालमा ग्यालेक्सी एस २४ सिरिज फोनको प्रि–अर्डर खुला गरेको छ । नेपालमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस…

नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य

सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक भएको छ । सामसङको इन्ट्री–लेभलका …