कीवर्डहरू -

ग्याजेट्स

कोपाइलट कीसहित नेपालमा सार्वजनिक भयो असुसको जेनबुक १४ ल्यापटप, यस्ता छन् विशेषता

नेपाली बजारमा असुसले जेनबुक १४ ल्यापटप उपलब्ध गराएको छ । असुस नेपालले अल्ट्रापोर्टबल र प्रिमियम सुविधासहितको असुस अनल इन वान जेनबुक १४ ल्यापटप ल्याएको हो । 

थ्रीके असुस लुमिना ओएलईडी डिस्प्ले प्रयोग गरिएको यस ल्यापटपमा एआईबाट सञ्चालित एएमडीको राइजेन सेभेन ८८४० एचएस प्रोसेसर प्रयोग गरिएको छ । 

यस्तै यसमा एएमडीको रेडियन ग्राफिक्स रहेको छ भने ग्राहकको अनुभवलाई राम्रो बनाउ फेस लगइन, लाइनर स्पिकर, एर्गोसेन्स किबोर्ड जस्ता सुविधा समेत दिइएको छ । 

यस बाहेक यसमा युएसबी ४, युएसबी ३.२ टाइपी सी, युएसबी ३.२ टाइप ए, एचडीएमआई र अडियो ज्याक पोर्ट रहेको छ । यसले गर्दा प्रयोगकर्ताले डंगोल वा एडप्टर लिनुनपर्ने कम्पनीले जनाएको छ । 

१२० हर्ज डिस्प्ले भएको जेनबुक १४ मा मटेल डिजाइन सुविधा छ । यसमा ७५ वाटको ब्याट्री प्रयोग गरिएको छ । ल्यापटपको तौल १.२ केजी रहेको छ । 

जेनबुक १४ मा ५१२ जीबी स्टोरेज, १६ जीबी र्‍याम र वाईफाई सिक्सई समेत रहेको छ । यसमा डेडिकेटेड कोपाइलट की रहेको छ, जसको मद्द्तले विनाकुनै झण्झट एउटै की प्रेस गरेर विन्डोज ११ को एआई सुविधाहरूको उपयोग गर्न सकिने छ । 

यो ल्यापटपमा भिडियो कन्फेरेन्सिङ अनुभवलाई राम्रो बनाउन एफएचडी आईआर क्यामेरा रहेको छ । यसमा एआई न्वाइज क्यान्सिलेसन, अडियो बुस्टर लगायतको सुविधा छ । 

वातावरणलाई कम असर गर्ने गरी असुस जेनबुक १४ ल्यापटप तयार गरिएको कम्पनीले जानकारी दिएको छ । पोष्ट कन्जुमर रिसाइकल्ड सामग्री प्रयोग गरेर कार्बन फुट प्रिन्टलाई ५० प्रतिशत कम गरिएको छ । 

यसको प्याकेजिङ पनि शतप्रतिशत रिसाइकल रहेको छ । असुस जेनबुक १४ ल्यापटप मार्च ३१ देखि असुसका आधिकारिक डिलरमा उपलब्ध भएको छ ।
 

ग्याजेट्स

रियलमी सी ५५ मा छुट घोषणा, अब साढे १५ हजारमै किन्न पाइने

रियलमीको रियलमी सी ५५ छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेर…

८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच आयात

चालू आर्थिक वर्षको ८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच नेपालमा आयात भएको छ ।

चा…

आठ महिनामा १९ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात

चालू आर्थिक वर्षको आठ महिनामा १९ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १९ अर्ब ३७ कर…

नेपालको सबैभन्दा ठूलो टिभी सार्वजनिक

टिसीएलले नेपालमा पहिलो पटक ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । टिसीएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको …

नेपालमा सामसङ ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी सार्वजनिक

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी सार्वजनिक गरेको छ । उच्च सुरक्षा सुविधा, फ्ल्यागशिप क्यामेराक…

सामसङको फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ नेपालमा, कति छ मूल्य ?

सामसङले नेपालमा ग्यालेक्सी फिट ३ फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । फिटनेसलाई प्राथमिकता दिदै बनाइएको ग्यालेक्सी फिट ३ नेपालमा…

नेपाली बजारमा इन्फिनिक्सका तीन स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गतका तीन स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्…

नेपाली बजारमा सार्वजनिक भयो इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए थ्री सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रूपमा रहेको रेड्मी ए थ्री नेपालमा उ…

आईफोन १६ मा हुनेछन् यस्ता सुविधा

आइफोन १६ लाईनअपका फोनहरू भिडियो खिच्न क्याप्चर बटनको साथ ल्याइने भएको छ । यस सिरिज आईफोनको कम्प्युटर एडेड डिजाइन (सिएडी) स्केच…

भिभो भी ३० स्मार्टफोन प्रि-बुकिङ गर्दा इयरबड निःशुल्क

स्मार्टफोन भिभो भी ३० नेपालमा प्रि-बुकिङ खुला भएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी ३० मा मा ५…

एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने

एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…

रियलमीको सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध

स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रि…

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…

आइफोनको आगामी सिरिजको बारेमा पछिल्लो अपडेट, नयाँ परिवर्तन आईफोन १७ र १७ प्लसमा देख्न सकिने

आईफोन १७ र १७ प्लस यस पटक प्रयोगकर्ताहरूको आकर्षण बन्न सक्छ । यसको कारण फोनमा प्रयोग हुने प्रोमोशन डिस्प्लेको हुन सक्छ ।

भिभोले भिभो भी३० सार्वजनिक गर्ने

भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले ब…