प्रदेशमा प्रविधि
लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङ्गबारे जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउनुका साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत उक्त कार्यक्रमहरू संचालन गरिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ्ग, विद्यार्र्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूबाट प्राप्त जिज्ञासाहरूलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरूले प्रष्ट पारेका बैंकले जनाएको छ ।
रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरूमा सम्बन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकहरू उपस्थित थिए ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्र्थीहरूको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवासुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।
८५ औ वर्ष प्रवेश गरेको देशकै पहिलो नेपाल बैंक लिमिटेडले हाल ७२ जिल्लामा २१३ शाखाहरू, १५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पुर्याइरहेको दाबी गर्छ ।
प्रदेशमा प्रविधि
३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश
बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागम…
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स घर घरमै पुर्याउने
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ …
डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिंक कम्युनिकेशन्स बीच सहकार्य
डिजिटल कर्णालीका लागि कर्णाली बेसिन संरक्षण फाउन्डेशन (केबिसीएफ) र वर्ल्डलिङ्क कम्यु…
गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात
नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…
गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना
नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…
प्रदेश १ का १०० विद्यालयमा डिजिटल साक्षरता’ अभियान सुरु
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् …
नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा
कर्णाली। नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विध…