कीवर्डहरू -

गाइड

स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने प्रविधि

स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेको जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो ।

तर जबदेखि फोनसँग 'स्मार्ट’ शब्द जोडिएको छ, त्यसको परिभाषा नै फेरिएको छ । अहिले धेरै जसो काम फोन बिना गर्न सकिँदैन् ।

अहिले जुन गतिमा प्रविधिको विकास र विस्तार भइरहेको छ, त्यसलाई हेर्दा स्मार्टफोनको प्रतिस्थापन धेरै टाढा छैन जस्तो देखिन्छ ।

आज हामी तपाईलाई केही प्रविधिहरू बारे जानकारी दिदैछौं, जसले भविष्यमा स्मार्टफोनको प्रयोगलाई प्रतिस्थापन गर्न सक्छन् । 

वेयरेबल एआई पिन

वेयरेबल एआई पिन, प्रविधिको संसारमा एकदमै नयाँ डिभाइस हो । धेरै छोटो समयमा यसले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गर्न थालेको छ । यो सानो डिभाइस तपाईंको शर्टको खल्तीमा क्लिप हुन्छ र स्मार्टफोन आवश्यक पर्ने कार्यहरू सबै गर्न सक्छ ।

एआई पिनसँग च्याट गर्दा च्याटजीपीटी जस्तै तरिकाले कुराकानी गर्न सकिन्छ । सिरी वा एलेक्सामा सोधिने जस्ता प्रश्नहरू सोध्न सकिन्छ । एआई पिन ओपनएआईको जीपीटी फोर मोडेलद्वारा संचालित छ ।

रे–ब्यान मेटा स्मार्ट चश्मा

स्मार्टफोनबाट गर्न सकिने काम चश्मामार्फत गर्न सकियो भने कस्तो होला ? एकपटक कल्पना गर्नुस् त । पक्कै पनि सहज हुन्छ र रे–ब्यान मेटा स्मार्ट चश्माले यो सम्भव पार्ने गर्दछ ।

रे–ब्यान स्मार्ट चश्मा केही समय अघि मात्र मेटाद्वारा प्रस्तुत गरिएको थियो । यसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ भने अडियोको समेत सुविधा छ ।

यो स्न्याड्रयागन एआर वान जेन वान चिपद्वारा सञ्चालन हुन्छ । यसमा १५० भन्दा बढी कस्टम फ्रेम र कम्बिनेसन लेन्स उपलब्ध छन् । यो चश्मा ब्ल्याक म्याट र चम्किलो कालो रंगमा उपलब्ध छ । 

स्मार्ट रिंग

स्मार्टफोनको सट्टा स्मार्टवाच प्रयोग गर्ने अवधारणा अहिले पुरानो भइसकेको छ किनभने स्मार्ट रिङ्हरू बजारमा आइरहेका छन्, जसबाट स्मार्टफोनबाट गर्न सकिने धेरै कामहरू गर्न सकिन्छ ।

सामसङले पनि केही समय अगाडि ग्यालेक्सी स्मार्ट रिङको झलक देखाएको थियो । ग्यालेक्सी स्मार्ट रिंग केही उन्नत प्रविधिहरूका साथ आउँनेछ, जसले स्मार्टफोनको प्रतिस्थापन गर्न सक्ने छ ।

सामसङ बाहेक अन्य धेरै कम्पनीका स्मार्ट रिङ्ग पनि उपलब्ध छन् ।

एआर, भिआर प्रविधि

पछिल्ला केही वर्षमा एआई भिआर जस्ता आधुनिक प्रविधिले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गरेको छ । अगमेन्टेड रियालिटी (एआर) भर्चुअल प्रविधिमा आधारित छ ।

यसमा हामीले जे देख्छौं, त्यो भर्चुअल संसारमा मात्रै भइरहेको हुन्छ तर वास्तविक संसारसँग त्यसको कुनै सान्दर्भिकता हुँदैन् ।

त्यसैगरी भिआर अर्थात् भर्चुअल रियालिटी अग्मेन्टेड रियालिटीको विपरित हो । भर्चुअल रियालिटीमा वास्तविक संसारको सट्टा फरक भर्चुअल संसार बनाइन्छ ।

यसका लागि दृश्य र ध्वनि प्रयोग गरिन्छ । यसका लागि हेडसेट बनाइएको छ, जसमा क्यामेरा रहेको हुन्छ ।एआई, भिआर प्रविधिमा अहिले विश्वका विभिन्न कम्पनीहरूले काम गरिरहेका छन् । 
 

गाइड

किन आवश्यक पर्छ जिप फाइल ? कसरी बनाउन सकिन्छ ?

जीप फाइलको मद्दतले तपाईले ठूला साइजका फाइलहरूलाई कम्प्रेस गरेर सानो साइजमा रूपान्तरण गर्न सक्नुहुन्छ । यसले फाइलहरूलाई ४० देखि…

गूगल एडसेन्स के हो ? कति पैसा कमाउन सकिन्छ ?

गूगल एडसेन्स अनलाइन माध्यमबाट पैसा कमाउने सबैभन्दा राम्रो तरिका हो । विशेष गरी मानिसहरूले ब्लगिङमा बढी ध्यान दिइरहेका छन् र गू…

क्यूआर कोड र बारकोडमा के छ भिन्नता ?

हाम्रो जीवनको धेरै पाटो डिजिटलीकरण भएको छ । खाना अर्डर गर्नेदेखि लिएर किनमेल गर्ने सबै कुरा घरमै बसेर गर्न सकिन्छ । यी सबैको …

साइबर बुलिङबाट कसरी बच्ने ?

मानिसलाई प्रविधिले सुसज्जित गर्नुको एउटा उद्देश्य सशक्त बनाउनु हो । तर विज्ञान र प्रविधि कहिलेकाही दुरुपयोग हुँदा श्राप बन्न…

कसरी काम गर्छ डार्क वेब ?

इन्टरनेट हाम्रो जीवनको महत्त्वपूर्ण भाग बनिसकेको छ । कुनै पनि जानकारी लिन, डिजिटल भुक्तानी गर्न, सूचना आदान प्रदान गर्न इन्टरनेट …

डिपफेक के हो ? कसरी पहिचान गर्ने ?

धेरै सेलिब्रेटीका नक्कली तस्बिर र भिडियो भाइरल बन्दै गएपछि पछिल्लो समय डिपफेक प्रविधि एउटा समस्याका रूपमा उभिएको छ । विभि…

कम्प्युटरको किबोर्डमा भएको नम-लक बटनको काम के हो ?

आजकाल कम्प्यूटर र ल्यापटप जताततै प्रयोग गरिन्छ । व्यवसायिकदेखि व्यक्तिगत काममा कम्प्युटर प्रयोग गर्ने हुन्छ ।

मेसेज बम्बिङ के हो ? यसबाट कसरी बच्ने ?

मेसेज बम्बिङ भनेको एकै समयमा एकै व्यक्तिलाई धेरै मेसेज पठाउनुलाई वर्णन गर्न प्रयोग गरिने शब्द हो । यो एक प्रकारको अनलाइन उ…

के हो ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार ? किन छ खतरनाक ?

पछिल्लो केही समय यता आर्टिफिसिल इन्टेलिजेन्स (एआई) ले लोकप्रियता कमाइरहेको छ । सन् २०२२ नोभेम्बरमा ओपन एआईले च्य…

तपाईको कामलाई सहज बनाउने ५ एआई टुल

पछिल्लो समय प्राय धेरै काममा एआईको उपयोग हुन थालिसकेको छ । विद्यार्थीदेखि प्रोफेसनलसम्मले आफ्नो कामलाई सहज बनाउन एआईको प्रयोग ग…

एआईसँगै चर्चामा आएको प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…

घरमा विद्युतीय सवारी साधन चार्ज गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

सुन्दर यातायातले घरमा विद्युतीय सवारी साधन चार्जमा राख्दा आगो लाग्यो भन्ने नकरात्मक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । …

एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…

कम्प्यूटरमार्फत क्युआर कोड स्क्यान कसरी गर्ने ? यस्तो छ उपाय

तपाईंले क्युआर कोडको बारेमा त पक्कै सुन्नु भएको होला । यदि तपाईसँग स्मार्टफोन छ र बैंकिंग एपहरु प्रयोग गर्नुहुन्छ भने तपाई …