कीवर्डहरू -

साइबर सुरक्षा

बेटिङ एप्लिकेसनमार्फत २ अर्ब बढी कारोबार गर्ने व्यक्ति पक्राउ

वानएक्स बेट, जुवा ३६५, क्रिप्टोमार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ एप्लिकेसन वानएक्स बेट, जुवा ३६५, क्रिप्टोमार्फत २ अर्ब बढीको कारोबार गर्ने काभ्रेका २४ वर्षिय अनिल ढुंगानालाई पक्राउ गरेको हो ।

सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टोकरेन्सी ट्रेड गर्ने सक्रिय एजेन्ट रहेको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

विभिन्न व्यक्तिहरूको नाममा रहेका मोबाईल नम्बरहरुबाट ११ वटा कनेक्ट आईपीएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट लगायत सोही अकाउन्टहरूमा लिंकअप भएका ५६ वटा बैक खाता गरी हाल सम्म २ अर्ब १ करोड अठार लाख चवालिस हजार एक सय दुई रूपैयाँ बराबरको कारोबार गर्ने कार्यमा ढुंगाना संलग्न रहेका थिए ।

उनलाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ४ र सोहि संहिताको दफा १६२ (क) १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको छ । 
 

साइबर सुरक्षा

५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक …

अन्जान मानिसबाट आएको रकम कहिल्यै प्रयोग नगर्न इसेवाको अनुरोध

डिजिटल वालेट इसेवाले अन्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो इसेवा खाता (वा अन्य कुनै बैंक खाता) मा आएको रकम कहिल्यै प्रयोग नगर्न…

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले झूटो विवरण प्रस्तुत गरी युट्…

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका…

कामना सेवा विकास बैंकमा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

कामना सेवा विकास बैंक लि.ले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूलाई साइबर सुरक्षा सम्बन्धी एक द…

बैंक खाताको पासवर्ड र इमेल कब्जामा लिएर १० लाख रूपैयाँ अर्कैको खातामा ट्रान्सफर

पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ । मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, डिजिटल वालेट लगायतका डिजिटल प्रणालीबाट कार…

सामाजिक सञ्जालमा कसैले रकम मागे यकीन गरेर मात्र कारोबार गर्नुः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता माध्यमबाट कसैले रकम मागेमा प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारो…

अनलाइनमा टेन्सेन्ट, ट्विटर, लिंक्डइन, क्यान्भा, एडोब लगायतको २६ बिलियन रेकर्ड लिक

साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले अनलाइनमा २६ अर्ब डेटा लिक भएको पत्ता लगाएका छन् ।

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा गौशाला २६ को नाम, ठेगाना र तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरले ४ हजारलाई निःशुल्क साइबर सुरक्षा तालिम दिदै, यसरी हुनुहोस् सहभागी

काठमाडौँ महानगरपालिकाले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठम…

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जालमा गौशाला २६ भन्दै पहिचान सार्वजनिक गर्ने विरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । सामाजिक सञ्जालमा आफ्नो पहिचान खु…

ह्याकरले फेला पारे पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्ने तरिका, बच्ने कसरी ?

ह्याकरहरूले पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्न सक्ने तरिका फेला पारेका छन् । एक अनुसन्धानमा ह्याकरहरूले अथेन्टिकेसन कुकिजको स…

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इन्ड्रा…

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील …

सामाजिक सञ्जालको दूरूपयोग गरी ठगी हुँदै, जोगिन र प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्ता झूठाअश्वासनमा नपरी,…