कीवर्डहरू -

सूचना

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन मागेको छ । प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदपुर्तीका लागि मन्त्रालयले दरखास्त आह्वान गरेको हो । 

अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको, योग्यता खुल्ने विवरण, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले सातदिन भित्र आवेदन दिन सक्ने छन् । 

योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित बढीमा ५ हजार शब्दको व्यावसायिक शिलबन्दी कार्ययोजनासहित आवेदन पेश गर्नुपर्नेछ । 

यस्तै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको हुनुपर्नेछ । दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखा सिंहदरबारमा बुझाउन सकिने छ । यसअघि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्षबाट राजीनामा दिएसँगै सो पद रिक्त भएको थियो । 

null

सूचना

२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले गलकोट लिंक प्रालि र सुर्खेत केबल…

टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने

टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…

भूकम्पका कारण अवरुद्ध भएको सेवा तत्काल सुचारू गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन दिएक…

१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । …

स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक विवरण दिन सकिने

अब मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन सकिने भएको छ । 

नि…

बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह 

नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध 

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबस…

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…