कीवर्डहरू -

अब एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य समेत स्केच गर्न सक्ने 

अब एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य समेत स्केच गर्न सक्ने 

अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धिमताले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य स्केच गर्न सक्ने भएको छ ।

एआई र फङ्सनल म्यागनेटिक रिजोनेन्स इम्याजिनिङ (एफएमआरआई) मेसिनको सहयोगले मानिसको मस्तिस्कमा चलिरहेको दृश्य स्केच गर्न सकिने भएको हो ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका डक्टोरल विद्यार्थी जिजियाओ चेनसहितको अनुसन्धान समूहले गत नोभेम्बरमा सार्वजनिक गरेको पेपर अनुसार मानिसको मस्तिष्क स्क्यानलाई डिकोड गरी के सोचिरहेको छ भनेर पत्ता लगाउन सकिने छ ।

नेसनल युनिभर्सीटी अफ सिङगापुर, चाइनिज युनिभर्सीटी अफ हङकङ र स्ट्याण्डफोर्ड युनिभर्सीटीको अनुसन्धानकर्मीहरुबाट बनेको उक्त अनुसन्धान टोलीले सहभागीलाई खैरो भवन, फायरट्रक र जिराफले पात खार्दै गरेको लगायत १ हजार भन्दा बढी तस्बिर एफएमआरआईबाट हेर्न लगाएको थियो ।

तस्विर हेर्दा एफएमआरआईले वास्तविक समयमा सहभागीको मस्तिष्कको सिंगनल रेकर्ड गरिरहेको थियो । त्यसपछि अनुसन्धानकर्ताहरूले उक्त सिंगनल एआई मोडललाई तालिम दिन सम्बन्धित निश्चित इमेज र ब्रेन प्याटर्न पठाएका थिए ।

एफएमआरआई भित्र देखाइएको तस्विरमा सिस्टमले ब्रेन वेभ्स डिटेक्ट गरेको थियो भने सहभागीको सोचिरहेको ब्रेन वेभ्स जेनेरेट समेत गरेको थियो । त्यसपछि एआई इमेज जेनेरेटर प्रयोग गरी सहभागीले देखेको जस्तै तस्विर निकालिएको थियो ।

उक्त एआईले जेनेरेट गरेको तस्विर वास्तविक तस्विरसँग करिब ८४ प्रतिशत मिलेको थियो । यद्यपी परीक्षण गर्नुभन्दा करिब २० घण्टा अगाडि एफएमआरआई डाटाबाट प्रत्येक सहभागीको मस्तिष्कको गतिविधिमा एआई मोडललाई तालिम दिन आवश्यक छ ।

एक दशकमा यस प्रविधिलाई जुनसुकै ठाउँमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताको विश्वास  छ । यसले अपांगता भएका विरामीहरूले के सोच्छन् र के देख्छन् भन्ने कुरा रिकभर गर्न सक्ने चेनको भनाइ छ ।

वैज्ञानिकहरूले प्रविधिबाट दिमागको क्रियाकलापलाई डिकोड गर्न लामो समयदेखि काम गरीरहेका छन् । धेरै एआइ अनुसन्धानकर्मीहरु अहिले विभिन्न न्युरो सम्बन्धित एआई एप्लिकेसन काम गरिरहेका छन ।

युनिभर्सीटी अफ क्यालीफर्नीयाका बर्कले वैज्ञानिक ज्याक ग्यालेन्टले दशक देखि छुट्टा छुट्टै अल्गोरिदममार्फत मस्तिष्क डिकोड गर्ने तरिका अध्ययन गरिरहेका छन् ।

ज्याकले यो प्रविधिलाई विकास गर्न दिमाग डिकोड गर्ने मोडल र एआइ मात्र नभई मस्तिस्क इमेजिङ उपकरण र अनुसन्धानकर्मीहरूसँग रहेको डाटामा निर्भर गर्ने बताएका छन् । एफएमआरआई मेसिन र डेटा संकलनले मस्तिष्कको अध्ययनमा बाधा उत्पन्न गर्ने जनाइएको छ ।

आउँदो दशकमा चिकित्सा क्षेत्रमा ब्रेन डिकोडिङ प्रयोग हुने देखिएपछि आम सर्वसाधारणको पहुँचमा आउन भने केही दशक लाग्ने छ ।