कीवर्डहरू -

एक्सेसरिज

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक गरेको छ ।

उपभोक्तालाई प्रिमियम प्रविधि र सुविधासहितका घरायसी उपकरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत चुनिएका टिभी मोडल खरिद गर्दा १२ महिनासम्मको नि:शुल्क NetTV Subscription तथा केही मोडलमा नि:शुल्क Soundbar समेत प्राप्त गर्न सकिनेछ ।

टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक
सामसङका अनुसार NEO QLED टिभीमा ७ प्रतिशतसम्म, Mini LED मा ६ प्रतिशतसम्म, QLED मा १८ प्रतिशतसम्म, UHD मा १२ प्रतिशतसम्म, FHD मा ७ प्रतिशतसम्म र HD टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

Mini LED को ८५ इन्च तथा UHD को ७५ इन्च मोडल खरिदमा ४९ हजार ९९९ रुपैयाँ मूल्यको Soundbar नि:शुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, NEO QLED, Mini LED, QLED र UHD टिभीमा १२ महिनासम्मको नि:शुल्क NetTV Subscription तथा FHD र HD मोडलमा ६ महिनासम्मको नि:शुल्क Subscription उपलब्ध हुनेछ ।

वाशिङ मेसिनमा २३ प्रतिशतसम्म क्यासब्याक
सामसङका ९ देखि ११ केजी क्षमताका AI Ecobubble Washer Dryer मा २३ प्रतिशतसम्म तथा ९ देखि १२ केजी क्षमताका AI Ecobubble Front Load वाशिङ मेसिनमा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ ।

त्यस्तै, ८ केजी क्षमताको Fully Automatic Top Load र ७ केजी क्षमताको Semi Automatic Top Load वाशिङ मेसिनमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

चुनिएका AI Ecobubble Front Load मोडलमा ६ केजी Surf Excel Matic Powder FL तथा Fully Automatic Top Load का चुनिएका मोडलमा १ लिटर Surf Excel Matic समेत नि:शुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक
रेफ्रिजेरेटरतर्फ ७०० लिटर क्षमताको Side by Side मोडलमा ११ प्रतिशतसम्म, ३५० देखि ४१९ लिटर क्षमताका 5 in 1 मोडलमा १५ प्रतिशतसम्म, २५३ देखि २७५ लिटर क्षमताका Double Door मोडलमा १७ प्रतिशतसम्म तथा १९२ देखि २३० लिटर क्षमताका Single Door मोडलमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

२४ महिनासम्मको EMI सुविधा
यसका साथै Hulas Finserve Hire Purchase Ltd. मार्फत सञ्चालित Samsung Insta Finance Service बाट ग्राहकले सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको EMI योजनामा खरिद गर्न सक्नेछन् ।

पुराना उपकरण अपग्रेड गर्न चाहने ग्राहकले आफ्ना पुराना उपकरण ArkoStore वा नेपालभर रहेका सामसङका अधिकृत रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी अफर सीमित अवधिका लागि मात्र लागू हुनेछन् । अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन् ।

एक्सेसरिज

एआई ध्वनि शुद्धीकरणदेखि स्मार्ट ट्र्याकिङसम्म, साओमीका नयाँ डिभाइस सार्वजनिक

काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआईमा आधारित दुई नयाँ इन्टरनेट अफ थिंस (एआईओटी) उपकरण साओम…

गूगल आइ/ओ २०२६ मा जेमिनी-सञ्चालित एन्ड्रोइड एक्सआर स्मार्ट ग्लास सार्वजनिक, फिचरयुक्त दुई नयाँ श्रेणी घोषणा

काठमाडौं । मंगलबार आयोजना गरिएको गूगल आइ/ओ २०२६ कीनोटका क्रममा गूगल र स्यामसङ्गले आफ्ना नेक्स्ट-जेनेरेस…

एआई-सञ्चालित ईयरबड्स: अब केवल गीत सुन्न मात्रै होइन तपाईंको स्मार्ट पर्सनल असिस्टेन्टको रुपमा काम गर्ने

काठमाडौं । नयाँ युगमा ईयरबड्स (इअरबड्स) अब तीव्र रूपमा परिवर्तन भइरहेका छन् । अब यी केवल सुन्ने यन्त्र मा…

माइक्रोवेभ ओभन : सुविधा कि जोखिम ? जान्नुहोस् वास्तविकता

काठमाडौं । माइक्रोवेभ ओभन घर कार्यालयको लागि आवश्यक ग्याजेट भएको छ । घरमा बालबालिका, युवा, वृद्ध सबैले…

प्रोफेसनल ध्वनिको नयाँ अनुभव : सेनहाइजरको नयाँ हेडफोन किन विशेष ?

काठमाडौं । सेनहाइजरले अडियो प्रोफेसनलका लागि HD 480 Pro हेडफोन सार्वजनिक गरेको छ । यो HD 490 Pro को क्लोज्…

दुई भागमा छुटिने अनौठो वायरलेस माउस, गेमिङ कन्ट्रोलरको रुपमा पनि प्रयोग गर्न मिल्ने

काठमाडौं । पिक्सेलपाउ ल्याब्सले ‘फेज’ नामक नयाँ वायरलेस माउस सार्वजनिक गरेको छ, जसलाई बीच…

रेजरद्वारा कम लेटेन्सी र छिटो डिभाइस स्विचिङसहित नयाँ गेमिङ इयरबड्स सार्वजनिक

रेजरले नयाँ गेमिङ इयरबड्स सार्वजनिक गरेको छ। कम लेटेन्सी र छिटो डिभाइस स्विचिङ सुविधासहित आएका यी इयरबड्स गेमिङ अनुभवलाई अझ …

किचन टेबलदेखि अमेरिकी नेवीसम्म: ११६ वर्षअघि संसारको पहिलो व्यावहारिक हेडफोन कसरी बनाइयो, जान्नुहोस्

अडियो प्रविधिको इतिहास कुनै एक आविष्कारकबाट सीधै संसारसम्म पुगेको कथा होइन। १९औँ शताब्दीको अन्त्यतिर बेलायतको इलेक्ट्रोफोन र प्र…

ग्यालेक्सी बड्स ४ प्रो: प्रिमियम साउन्ड र एआई–सक्षम नोइज क्यान्सलेसन

सामसङले आफ्नो सबैभन्दा उन्नत र परिष्कृत वायरलेस इयरबड्स ‘ग्यालेक्सी बड्स ४ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।&nbs…

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…

ब्रदर प्रिन्टरको नयाँ मोडल नेपाली बजारमा

जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रद…

साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायर…

म्याक्सबेसको वायरलेस इयरबड्स बजारमा

नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…