एक्सेसरिज
साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन् ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू सुलभ मूल्यमा प्रदान गर्ने बताए ।
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित) ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।
रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ ।
एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम (चार्जिङ केससहित) ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।
नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स ६ लाइटको मूल्य ३ हजार ४९९ रूपैयाँ रहेको छ भने रेड्मी बड्स ६ प्ले १ हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिन्छ ।
एक्सेसरिज
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै
चिनियाँ कम्पनी ब्ल्याक शार्कका उत्पादन अब नेपालमा पनि उपलब्ध हुने भएका छन् ।
साओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । नयाँ उपलब्ध मोड…
उच्च क्षमता र फास्ट चार्जिङसहित साओमीका नयाँ पावर ब्याङ्कहरू नेपालमा, कति छ मूल्य ?
टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने
टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधा…
ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध
नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनल…
वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने
वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यस…
भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने
साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ ।
कार्…
संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता
पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…
दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल
एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…
ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक
प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …
किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध
टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र …
बोल्टका इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुँदै
भारतीय अडियो कम्पनी बोल्टको इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा…
एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो
अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…
रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?
शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक…
सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने
एप्पलले सन् २०२४ देखि आफ्नो रिटेल स्टोरका कर्मचारीहरूलाई भिजन प्रोको तालिम दिन सुरू गर्ने भएको छ ।
इसेवाले ल्यायो बोलेरै कारोबारको जानकारी दिने ई-स्पीकर, कति पर्छ मूल्य ?
डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुन: डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाट…