कीवर्डहरू -

दूरसंचार

२ करोड ६२ लाख ५२ हजार पुगे मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता

मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै २ लाख ६६ हजार ८७४ ले बढेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०८१ चैतमा २ करोड ५९ लाख ८५ हजार ३०२ रहेकोमा वैशाखसम्म आउँदा २ करोड ६२ लाख ५२ हजार १७६ पुगेको छ । 

प्राधिकरणले सार्वजनिक गरेको २०८२ वैशाखसम्मको दूरसञ्चार सूचकहरू प्रतिवेदनमा २ करोड ६२ लाख ५२ हजार १७६ मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता मध्ये ८ लाख ७६ हजार ७५३ थ्रीजी प्रयोगकर्ता र २ करोड ५३ लाख ७५ हजार ४२३ फोरजी प्रयोगकर्ता रहेका छन् । 

यो अवधिमा नेपाल टेलिकमले प्रयोगकर्ता बढाउन सफल भएको छ । २०८२ वैशासम्म नेपाल टेलिकमका १ करोड ३७ लाख ४१ हजार ३६ फोरजी प्रयोगकर्ता छन् । २०८१ चैतसम्ममा टेलिकमा फोरजी प्रयोगकर्ता १ करोड ३५ लाख ४ हजार १९ थिए । एक महिनाको समयमा टेलिकमले २ लाख बढी नयाँ फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ । 

यता एनसेलको भने ग्राहकहरू घटेका छन् । २०८१ चैतसम्म १ करोड १६ लाख ७५ हजार ५०७ रहेकोमा २०८२ वैशासम्म एनसेलका फोरजी ग्राहक घटेर १ करोड १६ लाख ३४ हजार ३८७ रहेको छ । एक महिनाको अवधिमा एनसेलले ४१ हजार फोरजी ग्राहक गुमाएको छ । 
 

दूरसंचार

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर आम नागरिकलाई दिने भएको छ । 

संघीय संसदक…

क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ ज…

अपाङ्गता समावेशीकरण प्रवर्द्धनका लागि जीएसएमएसँग एनसेलको सहकार्य

एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अ…

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले…

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो नेपाली कम्पनी

एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर से…

कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म टेलिकमको अप्टिकल फाइबर विस्तार

नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टि…

एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदान…

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उपयोगी हुने

आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ । यो एक …

एक महिनामै थपिए ७७ हजार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता, कुन आईएसपीले कति थपे ?

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अ…

बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक

नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटे…

इन्टरनेट सेवा प्रदायक सजिलो नेटको ब्राण्ड एम्बासडरमा लोकगायक बद्री पंगेनी नियुक्त

इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ । यस सम्झौत…

तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्…

एनसेलले सुरू गऱ्यो भोवाईफाई सेवा, पहिलो चरणमा आईफोन प्रयोगकर्ताले लाभ लिन सक्ने

आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवा…

नेपाल टेलिकम र एनसेलले तिर्न थाले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता, १ अर्ब ५० करोड अझै बाँकी

मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले  २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३…

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ ।