कीवर्डहरू -

मोबाइल

सामसङ ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । वन यूआई ९ अपरेटिङ सिस्टमसहित आएको ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन हो ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने उद्देश्यले डिजाइन गरिएको र यसले एस सिरिजका सुविधाहरू थप ग्राहकसम्म पुर्‍याउने बताएका छन् ।

८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध फोनको अधिकतम मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रङमा उपलब्ध गराइएको कम्पनीले बताएको छ । फोनमा ट्रिपल रियर क्यामेरा सेटअप र ३ गुणासम्म अप्टिकल जुमको सुविधा रहेको छ ।

फोनमा ग्यालेक्सी एआईका विभिन्न फिचरहरू दिइएको छ । जसअन्तर्गत ग्यालेक्सी एस२५ सिरिजमा सुरु गरिएको ‘नाउ ब्रिफ’ फिचरलाई थप परिमार्जन गर्दै प्रयोगकर्ताले निर्देशन दिएर आफ्नै ब्रिफिङ कार्डहरू बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

फोन खरिद गर्ने ग्राहकलाई सामसङले विभिन्न अफरहरूको व्यवस्था रहेको छ । जसमा पुरानो फोन साट्दा ८ हजारसम्मको थप एक्सचेन्ज बोनस र १८ हजार ३५१ मूल्य बराबरको ६ महिने ‘गुगल एआई प्रो’ सब्सक्रिप्सन नि:शुल्क दिइने कम्पनीले जनाएको छ ।

ग्राहकले इएमआई मार्फत १२ महिना मासिक ६ हजार र २४ महिना मासिक ३ हजार २५६ बाट सुरु हुने सजिलो किस्ताबन्दी सुविधामार्फत पनि फोन खरिद गर्न सक्नेछन् ।

मोबाइल

फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’

काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९

काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड

काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…

फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…

एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक…

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटक…

चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो 'ए सिक्स एस प्रो' नेपालमा

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्ष…

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी&rsquo…

आइफोन १८ र आइफोन १८ ई सन् २०२७ मा सार्वजनिक हुने सम्भावना

काठमाडौं । एकातिर एप्पलको फ्ल्यागशिप मोडल आइफोन १८ प्रो निकै चर्चामा छ भने अर्कोतर्फ नियमित&nb…

एप्पलले सच्याउँदै आईफोन एयरका कमजोरी, नयाँ मोडेलमा डुअल क्यामेरा र शक्तिशाली ब्याट्री

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Apple Inc. ले आफ्नो अल्ट्रा–स्लिम स्मार्टफोन ‘आईफोन एयर&rsquo…

रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । …

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्क…

एप्पलले छाडेन आइफोन ११ को साथ, आईओएस २७ अपडेट सुनिश्चित

काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा मोबाइल अपरेटिङ सिस्टमको कार्यसम्पादन सुधार गर्नुका साथै एप्पल इन्टेलिजेन्…