कीवर्डहरू -

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो ।

रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो । यसले भिडियो स्ट्रिमिब, गेमिब वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिबले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिबमा लाग्ने समय कम गर्छ ।

यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिब सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोन समेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगकोअवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५जीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । यसले स्क्रोलिब, गेमिब र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा छिटो ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ ।

दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्‍याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ । क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । डुअल–भ्यु भिडियो रेकर्डिब सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ ।

अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ ।

करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ । यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ । बिहानदेखि रातिसम्म, घाम होस् वा पानी, प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा चल्ने गरी फोन डिजाइन गरिएको छ । रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रंगमा उपलब्ध हुनेछ ।

यो ४ जीबी + १२८ जीबी र६ जीबी + १२८ जीबी गरी दुई भेरियन्टमा क्रमश: रु. २७,९९९ र रु. ३३,९९९ मा उपलब्ध हुनेछ । त्यसैगरी, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज गरी तीन रंगमा उपलब्ध हुनेछ । यो ४ जीबी + १२८ जीबी, ४ जीबी + २५६ जीबी र ६ जीबी + २५६ जीबी गरी तीन भेरियन्टमा क्रमश: रु. ३३,९९९, रु. ३७,९९९ र रु.४१,९९९ मा उपलब्ध हुनेछ ।