कीवर्डहरू -

कानुन

युटिएलको अनुमतिपत्र खारेज, एनसेललाई सम्पत्ति हस्तान्तरण योजना पेस गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वत: रद्द भएको ठहर गर्दै बक्यौता रकम सरकारी बाँकी सरह असुल गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको निर्णयअनुसार युटिएलले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि अनुमतिपत्र स्वत: रद्द भएको ठहर गरिएको हो ।

कम्पनीबाट असुल गर्नुपर्ने ८ अर्ब ५ करोड २२ लाख रुपैयाँभन्दा बढी बक्यौता सरकारी बाँकीसरह असुल गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

युटिएलको बक्यौता असुलीका लागि कम्पनीको चल–अचल सम्पत्ति तथा बैंक खाता रोक्का राखी सम्पत्ति नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि सम्पत्ति मूल्याङ्कन समिति गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत प्राधिकरणले गरेको छ ।

त्यस्तै, एनसेल आजियाटाको २५ वर्षे अनुमतिपत्रको अवधि २०८६ भदौ १६ गते समाप्त हुने भएकाले अनुमतिपत्रको अवधि सकिएपछि सम्पत्ति हस्तान्तरणका लागि आवश्यक कार्य योजना समयमै पेस गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमावलीअनुसार कार्ययोजना पेस गर्न एनसेललाई भनिएको हो । प्राधिकरणले बाढी तथा पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यसैगरी, ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी बढाबढ प्रक्रिया अघि बढाउन आवश्यक आरएफएसम्बन्धी कागजात स्वीकृत गरिएको छ । ‘नेपालको ५जी मार्गचित्र’ सम्बन्धमा प्राप्त सुझावहरूको अध्ययन गरी अन्तिम रूप दिन प्राधिकरण सदस्य अनन्त प्रकाश मल्लिकको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णयसमेत भएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको वार्षिक बजेटसमेत स्वीकृत गरेको छ । साथै, विभिन्न १० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका नयाँ महसुल दर स्वीकृत गर्नुका साथै चारवटा इन्टरनेट सेवा प्रदायकका अनुमतिपत्र पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको जनाएको छ ।

कानुन

सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यताः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाग्दै आएको सामाजिक…

दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो अधिवेशनमा विधेयक पेश गर्न सरकारलाई निर्देशन

दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा संशोधन विधेयक पेश गर्न संसदको लेखा समितिले सरकारलाई निर्देशन दिए…

साइबर सुरक्षा  विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा  विनियमावली, २०७७ संशोधन गर्ने भएको छ ।…

प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय हाजिरी मेसिन घर लैजाने त्रिभुवन वि…

\'साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण सूचनाको गोपनीयतामा चुनौती\'

देउखुरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकार…

कानुनी रुपमै दर्ता भयो विद्युतीय मोटरसाइकल यात्री, अब नम्बर प्लेटसहित सडकमा गुड्ने

नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको कानुनी रुपमै पहिलो पटक दर्ता भएक…

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र स…