कीवर्डहरू -

कृषि

१९ लाख किसान परिवार सूचीकरण हुँदा पनि जारी हुन भएन परिचयपत्र

महालेखा परीक्षकको कार्यालयले किसानको वर्गीकरण, सूचीकरण र परिचयपत्र जारी गर्ने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

१९ लाख १८ हजार किसान परिवार सूचीकरण भएपनि किसान परिचयपत्र जारी हुन नसकेको महालेखाको बासट्ठीऔं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसले गर्दा किसान वर्गीकरण, सूचीकरण एवं परिचयपत्र जारी नहुँदा किसान पेन्सन योजना सुरु गर्ने एवं किसान हितकोष स्थापना गर्ने लगायतका कार्यसमेत प्रभावित भएको महालेखाको भनाइ छ ।

किसानको वर्गीकरण, सूचीकरण र परिचयपत्र जारी गर्ने कार्य समयमै सम्पन्न गरी सोही आधारमा छुट, सहुलियत र अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन महालेखाले सरकारलाई निर्देशन दिएको हो । 

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १४ मा नेपाल सरकारले तोकिएबमोजिम किसानको पहिचान एवं वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र सोही आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट, सुविधा तथा कानुनबमोजिम योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउने उल्लेख छ । 
 

कृषि

एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृ…

सूचना प्रविधिदेखि आधुनिक कृषिका युवा उद्यमी इन्जिनियर अरविन्द साह

बारा जिल्लास्थित तेलकुवा स्थायी घर भएका युवा इन्जिनियर अरविन्द साह हाल काठमाडौंमा बस्छन् । काठमाडौंमा बसेर सूचना प्रविधिको क्षेत्रमा संघर्ष गर्दै र सफलता हा…