कीवर्डहरू -

रिपोर्ट

ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटमा टूके रिजोल्युसन, किरिन ९००० एस प्रोसेसर भएको ओएलइडी डिस्प्ले छ ।

भर्खरै लन्च गरिएको ट्याब्लेटमा हार्मनी ओएस ४, बाइडु टू–वे स्याटेलाइट कम्युनिकेसन, १३ मेगापिक्सेल डुअल रियर क्यामेरा सेटअप, १६ मेगापिक्सेल सेल्फी क्यामेरा जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । 

यो चीनमा प्रि–अर्डरको लागि उपलब्ध छ । डिसेम्बर ८ बाट बिक्रीमा जानेछ । ह्वावे मेटप्याड प्रो ११ ब्रान्ड अनुसार सबैभन्दा पातलो ११ इन्चको ट्याब्लेट पनि हो । ह्वावेले ट्याब्लेटलाई हरियो, निलो, कालो र सेतो गरी चार रङमा उपलब्ध गराएको छ । 

ट्याब्लेटमा १२ जीबी र्याम र ५१२ जीबी सम्म भण्डारणको साथ किरिन ९००० एस एसओसी प्रोसेसर छ । ट्याब्लेटले एन्ड्रोइड १४ मा आधारित हार्मनी ओएस ४ लाई सपोर्ट गर्दछ । नयाँ ट्याब्लेटमा ६६ वाट फास्ट चार्जिङको साथ ८ हजार ३०० एमएएच ब्याट्री छ । कनेक्टिभिटीको हिसाबले ट्याब्लेटमा वाईफाई, ब्लुटुथ ५.२ , यूएसबी टाइप सी र जीपीएस छ ।

यो अडियोको लागि ६ स्पीकर सेटअपको साथ आउँछ । यस ह्वावे ट्याब्लेटमा दुई–तर्फी स्याटेलाइट कम्युनिकेसन सुविधा छ । यसको मद्दतले तपाईले कुनै पनि नेटवर्क क्षेत्र बिना नै एक अर्कालाई टेक्स्ट म्यासेज र आफ्नो स्थान पठाउन सक्नुहुनेछ ।

ह्वावे मेटप्याड प्रो ११ ले १३ मेगापिक्सेल प्राथमिक क्यामेरा र पछाडि ८ मेगापिकसेल वाइड–एंगल क्यामेरा रहेको छ । यसले ३० एफपीएसमा फोर के भिडियो रेकर्डिङ, टाइमल्याप्स, सुपर नाइट सीन, पोर्ट्रेट, प्रो मोड, स्मार्ट फिल्टर, डायनामिक मोड, स्माइली स्न्यापसट, भ्वाइस–एक्टिभेटेड फोटो जस्ता धेरै सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।

रिपोर्ट