कीवर्डहरू -

मेटाभर्स

एआर/भीआरमा काम गर्दै एप्पल 

एप्पलले अगुमेन्टेड तथा भर्चुअल रियालिटी हेडसेटमा काम गरिरहेको खुलेको छ । आगामी जुनदेखि एआई/भीआर बजारमा ल्याउने गरी एप्पलले काम गरिरहेको छ ।

यसका साथसाथै कम्पनीले दोस्रो पुस्ताको एआई/भीआर हेडसेटमा समेत विकास गरिरहेको छ, जुनमध्ये एउटा महंगो भर्सन हुनेछ भने अर्को सस्तो भर्सन हुनेछ ।

दोस्रो पुस्ताका दुई मोडल सन् २०२५ मा सार्वजनिक हुने बताइएको छ । एप्पलले पहिलपो पुस्ताको हेडसेट जुनमा हुने डब्लुडब्लुडीसीमा सार्वजनिक गर्ने आशा गरिएको छ ।

यसमा एक दर्जन क्यामेरा, फोरके स्क्रिन, आँखा तथा हात ट्याकिङ सेन्सर लगायतका फिचर हुने जनाइएको छ ।

बाहिर आएको हल्ला अनुसार उक्त हेडसेटको मूल्य ३ हजारदेखि ५ हजार अमेरिकी डलरसम्मको हुनेछ । पहिलो पुस्ताको हेडसेट मंहगो भएपनि दोस्रो पुस्ताको हेडसेट सस्तो हुने आशा छ ।


मेटाभर्स

गूगल म्यापमा आयो नयाँ एआर टूल 

गूगलले आफ्नो गूगल म्यापमा नयाँ एआर टूल हालेको छ । गूगलले केही दिन अघि गूगल म्याप…