कीवर्डहरू -

प्रोफाइल

टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै

विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापना गरेका छन्, जसबाट ४०० बढीले रोजगारी पाएका छन् ।

प्रत्यक्ष आईटी उद्योगमा काम गर्दै गर्दा दक्ष जनशक्तिको अभाव भएपछि पोखरेलसहितको टिमले सञ्चालन गरेका कम्पनीको ग्रोथमै असर देखिन थाल्यो । त्यसपछि उनीहरूले दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी पनि दिने उद्देश्यले आईटी कलेज स्थापना गर्ने योजना बनाए ।

योजना त बन्यो, तर नयाँ कलेजका लागि अनुमति दिन सरकारले रोकेको थियो । अनि पोखरेलसहितको टिमले पुरानो कलेज किनेर सञ्चालन गर्ने योजना बनायो । अनि खोज्दै जाँदा भेटियो मैतिदेवीको कलेज अफ प्रोफेसनल स्टडिज । संयोगवस लक्ष्मण पोखरेलले सन् २०१० मा त्यही कार्यक्रम संयोजक भएर काम गरेका थिए । 

एक वर्ष अगाडि २०८० मा कलेज अफ प्रोफेसनल स्टडिज खरिद गरेर कोड हिमालयका स्मरण दवाडी, ईसेवाका सह-संस्थापक सुवास सापकोटा र लक्ष्मण पोखरेल लगायतको टिमले टेकस्पायर कलेजबाट रिब्राण्डिङ गरेर सञ्चालनमा ल्याएको छ । 

२३ वर्षदेखि सञ्चालनमा रहेको कलेजलाई २०८० सालबाट गुणस्तरीय आईटी शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सीपल लक्ष्मण पोखरेलले बताए । 

‘२३ वर्षदेखि सञ्चानमा रहेको कलेज अफ प्रोफेसनल स्टडिजलाई रिब्राण्डिङ गरेर एक वर्ष अगाडि टेकस्पायर कलेजको नामबाट सञ्चालनमा ल्याएका हौं,’ उनले आईसीटी समाचारसँग भने, ‘हामीले आईटी कम्पनीमा सञ्चालन गर्दा दक्ष जनशक्तिको अभाव पायौं । त्यसले कम्पनीको वृद्धिमै असर गर्‍यो । त्यसपछि देशमै दक्ष आईटी जनशक्ति उत्पादन गर्न कलेज तर्फ मोडिएका हौं ।’

लक्ष्मण पोखरेल

टेकस्पायर कलेज नयाँ बानेश्वरमा रहेको छ । आईटी पढाउने भएपछि टेक्नोलोजी र इन्स्पायरलाई जोडेर कलेजको नामाकरण गरिएको छ । सम्भतः आईटी उद्योगले सञ्चालन गरेको पहिलो आईटी कलेज भएको उनको दाबी छ । ‘हामी पढाउँदैनौं मात्रै पढाइसँगै सिकाइकालाई जोड दिन्छौं । अप्लाई गर्ने ठाउँ दिन्छौं,’ उनी भन्छन्, ‘सम्भतः आईटी उद्योगले सञ्चालन गरेको पहिलो आईटी कलेज हो ।’

पढाइ, सिकाइ र कमाइलाई सँगसँगै लैजाने कम्पनीको उद्देश्य छ । यही उद्देश्यलाई स्थापित गर्न कलेजले काम गरिरहेको छ । कलेजले बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी (बीएससीआईटी) र मास्टर्स इन बिजनेस एडमिनिष्ट्रेसन (एमबीए) कोर्ष सञ्चालन गरिरहेको छ । टेकस्पायर कलेजले यी कोर्ष सञ्चालनका लागि एशिया प्यासिफि युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनबाट सम्बन्धन लिएको छ । विश्वविद्यालय आफैमा आईटी केन्द्रित विश्वविद्यालय हो । यो मेलेसियमा उत्कृष्ट विश्वविद्यालयमा पर्छ ।

दक्ष जनशक्ति उत्पादनमा जोड

टेकस्पायर कलेजले दक्ष जनशक्ति उत्पादनमा सधैं जोड दिएको छ । उद्योगको आवश्यकता अनुसार विद्यार्थी उत्पादन गर्ने पोखरेलको भनाइ छ । कलेज सञ्चालन गरिरहेको बीएससीआईटी १२३ क्रेडिट आवरको ३ वर्षे कोर्ष हो । यसको शुल्क ९ लाख २० हजार रूपैयाँ तोकिएको छ तर प्लस टुमा राम्रो गर्ने विद्यार्थीले एकदेखि डेढलाखसम्मको छात्रवृत्ति पाउँछन् । 

टेकस्पायर कलेजले विशेष गरी दुईवटा पाठ्यक्रम फ्लो गर्छ । एउटा विश्वविद्यालयको र अर्को उद्योगको (ननक्रेडिट कोर्ष) । उद्योगको पाठ्यक्रम नेपालमै आईटी उद्योगमा काम गर्ने व्यक्तिहरूले बनाएका छन् । 

नन क्रेडिट कोर्षमा मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ, ब्लकचेन, साइबर सेक्युरिटी, डेटा एनालाइटिक्स, एआई, आईओटी, फुल स्ट्याक डेभलपर, डेभअप्स, डिजिटल मार्केटिङ, क्वालिटी असुरेन्स र मोबाइल एप डेभलपमेन्ट रहेका छन् । 

ननक्रेडिट कोर्ष पनि पहिलो सेमेष्टरदेखि नै सुरू हुन्छ । पहिलो र दोस्रो सेमेष्टरमा आधारभूत ज्ञान दिइन्छ । तेस्रो सेमेष्टरदेखि विद्यार्थी पढ्न चाहेको नन क्रेडिट कोर्षको एडभान्स पढाइ सुरू हुन्छ । 

टेकस्पायर कलेजबाट ग्राजुएट हुँदा विद्यार्थीसँग एकेडेमिक प्रमाणपत्र, सीप र अनुभव ३ वटै कुरा हुने पोखरेल बताउँछन् । ‘प्रमाणपत्र, सीप र अनुभव भएपछि विद्यार्थी जहाँ गएर पनि आफ्नो अब्बलता प्रदर्शन गर्न सक्छन्,’ पोखरेल भन्छन्, ‘विद्यार्थीको धेरै समय कलेजमै बित्छ । त्यसकारण उनीहरूले सिक्ने कुरा पनि यही सिक्नु पर्छ । यहाँ पढेर बाहिर गएर ट्रेनिङ लिएर सिक्ने होइन ।’ 

null

आईटी क्षेत्रमा दिनदिनै परिवर्तन आइरहेको हुन्छ । यसलाई बुझ्न उद्योगको पाठ्यक्रमले सघाउने कलेजले जनाएको छ । कलेजले विद्यार्थीलाई दोस्रो वर्षदेखि नै इन्टर्नसीपमा पठाउने गरेको छ । किनभने पहिलो वर्षमा विद्यार्थीले निश्चित सीप हासिल गरिसकेका हुन्छन् । आफुहरूकै कम्पनीमा पनि हामीलाई प्रत्येक वर्ष २०० बढी इन्टर्न आवश्यक पर्ने पोखरेल बताउँछन् ।

‘हाम्रै कम्पनीमा २०० बढी इन्टर्न चाहिएको हुन्छ । राम्रो गर्नेले जब नै पाउँछन् । ५० वटा बढी आईटी कम्पनीसँग सहकार्य गरेका छौं । भारतको कम्पनीसँग सहकार्य गर्ने छौं । नास आईटीसँग पनि सहकार्य गरेका छौं,’ उनी भन्छन् । 

बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी (बीएससीआईटी) मा यस वर्ष ५०० कोटा रहेको छ । भर्ना प्रक्रिया समेत सुरू भइसकेको छ । भर्ना बारे कलेजमै आएर पनि बुझ्न वा वेबसाइटबाटै प्रिबुकिङ गर्न सकिन्छ ।

कलेजले अहिले प्लस टु दिएर बसेका विद्यार्थीलाई विभिन्न ट्रेनिङ र करियर काउन्सिलिङ प्रदान गरिरहेको छ । अहिले नै टेकस्पायरमा २ सय बढीले ट्रेनिङ र २ सय जतिले प्रि युनिभर्सिटी क्लासेस गरिरहेका छन् । 

विद्यार्थीलाई उद्यमी बन्न प्रेरित

टेकस्पायर कलेजले विद्यार्थीलाई सधैं उद्यमी बन्न प्रेरित गरिरहेको छ । कलेजको सबैभन्दा पहिलो प्राथमिकता भनेको उद्यशीलता हो । त्यसपछि जब प्राथमिकतामा रहेको छ । किनकी सबैजना उद्यमी बन्न सक्दैनन् र सबैले जब पनि गर्न सक्दैनन् ।

कलेजमा पढ्ने विद्यार्थीलाई उद्यमी बनाउन प्रशिक्षणसँगको साझेदारीमा आईस्प्राउट भन्ने कार्यक्रम ल्याएको छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरू पहिलो सेमेस्टरदेखि नै आईडिया विकास गर्न लगाउने र आईडियामा मेन्टरसीप प्रदान गर्ने र प्रतिस्पर्धा गराएर इन्क्युबेसनको प्रक्रियामा लिएर लगानी गर्ने रहेको छ । 

null

लगानीका लागि कलेजले १ करोडको बिउ पुँजीको समेत व्यवस्था गरेको छ । पहिलो चरणमा बिउपूँजीका लागि ५ वटा आईडिया समेत छनौट भइसकेका छन् । कलेजबाट वर्षमा कम्तिमा पनि १५ जना उद्यमी जन्माउने पोखरेलले जानकारी दिए । 

उनले अगाडि भने, ‘वर्षमा कम्तिमा १५ वटा उद्यमी र सीईओ जन्माउने योजना छ । १५ कम्पनीमा रोजगारीका लागि कलेजकै विद्यार्थीलाई प्राथमिकता दिइन्छ । मेन्टरसीप र सपोर्ट गराउने कलजेको काम हुन्छ ।’आईस्प्राउटपछि भेञ्चर स्थापना गर्ने गरी अर्को कार्यक्रम ल्याउने कलेजको तयारी छ ।

   
 

प्रोफाइल

कुराकानीको परम्परागत तरिकालाई परिवर्तन गर्ने ‘फेसबुक’ स्थापना भएको २० वर्ष पूरा

विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धे…

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज…

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…

यी हुन् विश्वका ठूला आईटी कम्पनी हाँक्ने सीईओ, कति लिन्छन् तलब ?

अहिलेको युग सूचना प्रविधिको युग हो । यो युगमा हरेक कामलाई प्रविधिमैत्री बनाउन विभिन्न प्रविधि कम्पनीहरूले महत्वपूर्ण भूमिका खले…

इन्टर्न गर्न चाहने विद्यार्थीका लागि उपयोगी प्लेटफर्म इन्टर्नसाथी

पछिल्लो समय आइटी बढ्ने विद्यार्थी बढ्दो छन् । आइटी पढ्ने विद्यार्थीहरु विभिन्न माध्यबाट सिप सिक्छन् र इन्ट्रन गर्नको लागि बजारमा निस्कन्छ…

प्रोफेसनल ई–कमर्स वेबसाइट बनाउन सघाउने निःशुल्क प्लेटफर्म : ब्लांसर

पछिल्लो समय ई–कमर्स वेबसाइटको प्रयोग निकै बढ्दो छ । ई–कमर्स वेबसाइट मार्फत मानिसले विभिन्न कुराको व्यापार निश्चित मू…