कीवर्डहरू -

ल्यापटप

असुसको कन्भर्टिबल ल्यापटप प्रो आर्ट पिएक्स १३ नेपालमा, क्रियटरहरूका लागि उपयुक्त

असुसले नेपालमा प्रो आर्ट पिएक्स १३ नामक नयाँ १३.३–इन्च एआई कन्भर्टिबल ल्यापटप सार्वजनिक गरेको छ । यो ल्यापटप विशेष गरी क्रियटरहरूका लागि तयार गरिएको हो ।  

प्रो आर्ट पिएक्स १३ एआई सुविधाहरूले भरिपूर्ण रहेको छ, जसको तौल १.३८ किलोग्राम रहेको छ । यसलाई ल्यापटप, टेन्ट, स्ट्यान्ड र ट्याबलेट मोडमा सजिलै बदल्न सकिने असुसले जनाएको छ ।

स्टायलिससहित सृजनात्मक कार्यका लागि यसलाई उपयुक्त बनाइएको छ ।  एएमडी रायजेन एआई ९ एचएक्स ३७० प्रोसेसर प्रयोग गरिएको यस ल्यापटपमा एनभीडियाको ग्राफिक्स प्रयोग गरिएको छ ।

null

तीव्र क्लक स्पीड, उच्च कोर संख्या र उत्कृष्ट ग्राफिक्ससहित आएको ल्यापटपले सहज थ्रीडी मोडलिङ, रेन्डरिङ, र वास्तविक समयमा दृश्यहरू प्रत्यक्ष गर्न सक्षम बनाउने छ । यसमा निर्माण गरिएको एआई प्रसंस्करणका कारण नयाँ एआई सिर्जनात्मक उपकरणहरू प्रयोग गर्न सकिन्छ, जसले क्रियटरहरूलाई कार्यप्रवाहमा होइन, कथावाचनमा ध्यान केन्द्रित गर्न सहयोग गर्छ। 

यसमा भिभिड थ्रीके असुस लुमिना ओएलईडी टचस्क्रिन रहेको छ भने ३२ जीबीसम्म र्‍याम र २ टिबीसम्म एसएसडी रहेको छ । प्रो आर्ट पिएक्स १३ मा डेडिकेटेड कोपाइलट की राखिएको छ । ब्याट्रीको कुरा गर्दा ७३ वाट व्याट्री रहेको छ । 

प्रो आर्ट पिएक्स १३ को मूल्य नेपाली बजारमा ३ लाख १३ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

 

ल्यापटप

१४ औं जेनेरेशनको आरओजी स्ट्रिक्स जी १६ र जी १८ गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस ब्रान्डको आधिकारिक वितरक नागमणी इन्टरनेशनलले नेपालमा आरओजी स्ट्रिक्स गेमिङ ल्यापटप सार्वजनिक गरेको छ ।…

एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक

एप्पलले नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक गरेको छ । मंगलबार एप्पलले अक्टोबर कार्यक्रममार्फत नयाँ म्याकबुक, आईम्याक …

बढ्यो ल्यापटप र नोटबुकको आयात

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा २ अर्ब ३ करोड रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागको तथ्यांक अनु…

ल्यापटप स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ?

प्रविधिको विकाससँगै कार्यालयको धेरै काम आजभोलि ल्यापटबाटै हुन्छ । धेरैको हातमा मो…

ल्यापटप प्रयोग गर्दा धेरै तातिन्छ? यस्तो छ रोक्ने उपाय

ल्यापटपमा काम गर्दा तपाईको डिभाइस बारम्बार तातिन्छ भने आत्तिनु पर्दैन् । गर्मी मौसममा…

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियल…