कीवर्डहरू -

पूर्वाधार

डिजिटल प्लेटफर्मबाट व्यापार गर्ने व्यवसायीलाई सरकारको सूचना, दर्ता अनिवार्य

काठमाडौं । नेपालमा अनलाइनमार्फत वस्तु तथा सेवा बिक्री वितरण गर्ने व्यवसायीका लागि सरकारले दर्ता तथा सूचीकृत हुनुपर्ने व्यवस्था अनिवार्य गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट कारोबार गर्ने सबै व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा सूचीकृत हुन आग्रह गरेको हो ।

विभागले जारी गरेको सूचनाअनुसार विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१ र विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेका छन् । सोही व्यवस्थाअनुसार अनलाइन व्यवसाय सञ्चालन गर्नुअघि व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गरी विभागमा सूचीकृत हुनुपर्नेछ ।

वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालका मार्केटप्लेसमार्फत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायलाई पनि ई-कमर्सको दायरामा राखिएको छ ।

त्यसैगरी, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, पर्यटन, मनोरञ्जन, यातायात, ढुवानी, बैंकिङ, बीमा, कानुनी सेवा, लेखापरीक्षण, चिकित्सा तथा इन्जिनियरिङलगायत विभिन्न सेवा विद्युतीय माध्यमबाट उपलब्ध गराउने व्यवसायसमेत यस व्यवस्थाअन्तर्गत पर्ने विभागले जनाएको छ ।

अनलाइन ठगी बढेपछि कडाइ
पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने गतिविधि बढ्दै गएको विभागको भनाइ छ । यस्ता गतिविधिलाई नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्न ई-कमर्स व्यवसायलाई कानुनी दायरामा ल्याउन खोजिएको हो ।

विभागका अनुसार ई-कमर्स ऐनको दफा ४ बमोजिम व्यवसायीले कारोबार गर्नुअघि विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्नेछ भने दफा ५ बमोजिम विभागको पोर्टलमा सूचीकृत हुनुपर्नेछ ।

सूचीकृत नभए कारबाही
विभागले तोकिएको प्रक्रिया पूरा नगरी वा गैरकानुनी विद्युतीय प्लेटफर्म प्रयोग गरी व्यापार सञ्चालन गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि कारबाही हुने चेतावनी दिएको छ ।

सूचीकृत नभई ई-कमर्स कारोबार सञ्चालन गर्ने व्यवसायीमाथि विद्युतीय व्यापार ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

विभागले वेबसाइट, एप वा सामाजिक सञ्जालमार्फत अनलाइन व्यापार गरिरहेका व्यवसायी तथा अन्य सरोकारवालालाई समयमै आवश्यक प्रक्रिया पूरा गरी कानुनी दायरामा आउन आग्रह गरेको छ ।

पूर्वाधार

हुलाकको डिजिटल रूपान्तरण : अब राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरमै

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै सरकारले ‘स्मार्…

यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य

काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकी…

अब निर्माण व्यवसायीको इजाजतपत्र घरबाटै नवीकरण, आजदेखि अनलाइन प्रणाली अनिवार्य

काठमाडौं । अब निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले निर्मा…

सार्वजनिक ईभी खरिदमा राष्ट्र बैंकको सहुलियत, ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थ…

भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक, सेवा र कार्यप्रगति अब एकै ठाउँमा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रू…

स्टारलिंकको लो-अर्थ-अर्बिट प्रविधिले कसरी नेपालका दुर्गम गाउँसम्म डिजिटल पहुँच पुर्‍याउन सक्छ ?

काठमाडौं । नेपालको दुर्गम भेगमा बसोबास गर्ने नागरिकहरूले भोग्नुपरेको

यातायातको झन्झट घट्यो : लाइसेन्स छापिएको जानकारी नागरिक एपमै तुरुन्तै थाहा पाइने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (क्यूआर कोडयुक्त ड्राइभिङ लाइसेन्स) तयार भयो वा भएन भन्ने जानकारी हेर्न न…

चाँगुनारायण नगरपालिकाले लागू गर्‍यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ । 

रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…