Latest news
पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन
काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।
केन्द्रका अनुसार PHP तथा यससँग सम्बन्धित अपाचे, PHP-FPM र लाइटस्पिडजस्ता वेब सर्भर प्रणालीका साथै वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामाग्री व्यवस्थापन प्रणालीमा समेत यी सुरक्षा कमजोरीको प्रभाव पर्न सक्ने जोखिम छ ।
यस्ता कमजोरीको दुरुपयोग भए सरकारी तथा गैरसरकारी निकायका वेबसाइट र अनलाइन प्रणालीमा आक्रमणकारीले अनधिकृत पहुँच प्राप्त गर्ने वा प्रणालीमा क्षति पुर्याउने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
सुरक्षित संस्करणमा तत्काल स्तरोन्नति गर्न आग्रह
साइबर सुरक्षा जोखिम न्यूनीकरणका लागि केन्द्रले प्रयोगमा रहेका PHP प्रणालीलाई यथाशीघ्र सुरक्षित संस्करणमा अद्यावधिक गर्न सुझाव दिएको छ । केन्द्रले PHP का लागि ८.२.३५ वा सोभन्दा माथि, ८.३.३६ वा सोभन्दा माथि, ८.४.२७ वा सोभन्दा माथि र ८.५.१२ वा सोभन्दा माथिका संस्करण प्रयोग गर्न भनेको छ ।
त्यसैगरी, PHP ८.१ वा सोभन्दा पुराना संस्करण प्रयोग गरिरहेका वेबसाइट तथा अनलाइन प्रणालीलाई नयाँ सुरक्षित संस्करणमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । ती पुराना संस्करणमा आवश्यक सुरक्षा सुधार उपलब्ध नहुने भएकाले तिनको निरन्तर प्रयोगले जोखिम बढाउन सक्ने केन्द्रको भनाइ छ ।
सुरक्षा अपडेटपछि सर्भर रिस्टार्ट गर्नुपर्ने
केन्द्रले सुरक्षा अपडेट लागू गरेपछि नयाँ फाइल तथा सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अपाचे र PHP-FPM लगायतका सम्बन्धित वेब सेवाहरू अनिवार्य रूपमा पुनः सुरु (रिस्टार्ट) गर्नुपर्ने जनाएको छ ।
यसका साथै, तत्काल प्रणाली स्तरोन्नति वा सुरक्षा सुधार गर्न नसकिने अवस्थामा जोखिमयुक्त प्रणालीलाई सार्वजनिक इन्टरनेटबाट अलग गरी सुरक्षित आन्तरिक सञ्जालमा सीमित गर्न वा आवश्यकताअनुसार अस्थायी रूपमा सेवा बन्द गर्न केन्द्रले सुझाव दिएको छ ।
केन्द्रले सरकारी तथा निजी क्षेत्रका वेबसाइट सञ्चालक, सूचना प्रविधि प्रशासक र सम्बन्धित निकायलाई जारी सुरक्षा निर्देशन पालना गर्दै आफ्ना प्रणालीको सुरक्षा अवस्था तत्काल परीक्षण गर्न आग्रह गरेको छ ।
वेबसाइट तथा अनलाइन सेवामा बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै समयमै सुरक्षा अपडेट लागू गर्नु, पुराना सफ्टवेयर विस्थापन गर्नु र सम्भावित अनधिकृत पहुँचको निगरानी गर्नु आवश्यक रहेको केन्द्रले जनाएको छ ।



Latest news
विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्…
अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने इलन मस्कको घोषणा
काठमाडौं । अमेरिकी अर्बपति तथा स्पेसएक्सका प्रमुख इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो क…
एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने
काठमाडौं । कीर्तिपुर मैदानमा कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डि…
औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु
काठमाडौं । औषधि आयात तथा निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) मार्फत अनलाइनबा…
प्ले स्टोरमा ह्वाट्सएपकै नाममा नक्कली एप, ५ लाखले गरे डाउनलोड
काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गर्दै गुगल प्ले स्टोरमा नक्कली एप सार्वजनिक भएको घटना बाहिर आएको छ । …
गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने
काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ…
एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको जनाएको छ । फाइबर टु द …
यूट्युब म्युजिकमा एआईबाट बनेका गीत छुट्याउन नयाँ लेबल
काठमाडौं । यूट्युब म्युजिकले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार पारिएका गीत पहिचान गर्न नयाँ लेबल ल्य…
नेपाल टेलिकम एनपिएल ३ को ‘अफिसियल पार्टनर’
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्…
सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कको कम्पनी टेस्लाले नयाँ इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ सार्वजन…
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त काली…
बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्…
के विवादमा परेको हो नेपाल टेलिकमको ४,९९९ रुपैयाँको इन्टरनेट प्याकेज ? यस्तो छ कम्पनीको जवाफ
काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेज निया…
वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर
काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न …
सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई
काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने …