कीवर्डहरू -

Latest news

संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज

आर्कबो टेक्नोलोजिज नेपालको पिपल डेभलपमेन्ट र अर्गनाइजेसनल क्षमता सुधार्ने दीर्घकालीन रणनीतिक दृष्टिकोणको प्रतिबिम्बको रुपमा अघि आएको छ।

सन् २०१० देखि प्रविधि क्षेत्रमा सक्रिय रहेर लामो समय काम गरेको अनुभव र नेपालका एक अग्रणी एचआर सफ्टवेयर कम्पनीमा १२ वर्षभन्दा बढीको कार्यकालपछि भूषण गिरीले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाले जहाँ उनले धेरै संगठनहरूले एचआरलाई केवल प्रशासनिक पक्ष जस्तै अटेन्डेन्स र पेरोलसम्म सीमित गरिरहेको पाए, जबकि एचआरको वास्तविक काम भनेको पिपल रिटेन्सन, पिपल डेभलपमेन्ट र स्ट्राटेजिक डिसिजन मेकिङझस्ता गहिरा पक्षहरू सम्हाल्नु हो।

विकसित राष्ट्र र केही एमएनसी तथा आइएनजीओहरूले यस्ता क्षेत्रमा प्रगतिशील कदम उठाइसकेका भए पनि स्थानीय बजारमा यस्ता समग्र समाधान अलि कमै पाइन्छन्। यही आवश्यकतालाई मध्यनजर गरी नयाँ प्रविधि र प्रणालीमार्फत समस्याको समाधान गर्ने प्रेरणाले आर्कबो टेक्नोलोजिजको स्थापना भयो।

null

सन् २०२३ को अन्त्यतिर भूषण गिरी, रवि न्यौपाने र क्षितिज न्यौपानेले मिलेर कम्पनी स्थापना गरे। उनीहरूको स्पष्ट उद्देश्य थियो, संस्थाहरूका दीर्घकालीन रणनीतिलाई दैनिक कार्यसँग जोड्दै, कर्मचारीहरूलाई समग्र रूपमा विकास गर्ने प्लेटफर्म निर्माण गर्नु रहेको थियो।

बिस्तृत अनुसन्धान र आरएण्डडीको क्रमले आर्कबो टोलीलाई एउटा समग्र “पिपल डेभलपमेन्ट प्लेटफर्म” तयार गर्न प्रेरित गर्‍यो। 'विस्तृत एसआरएस (सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन) दस्तावेज तयार गरी विभिन्न उद्योगका विशेषज्ञहरूसँग प्रोटोटाइपको भ्यालिडेसन गरिएको थियो।'

विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेटेर उत्पादनलाई परिमार्जित गरी विकास कार्य अघि बढाइयो। प्रारम्भिक इम्प्लिमेन्टेसन र टेस्टिङको लागि कमर्शियल बैंकहरू, विशेषगरी सिद्धार्थ बैंकले आवश्यक सहयोग गरेका थिए। 'यही बैंकनै आर्कबोको पहिलो क्लाईन्ट हुन् पुग्यो । पछि प्रभु बैंक र सिटिजन बैंकमा पनि परीक्षण र कार्यान्वयन कार्य सम्पन्न भयो।' भूषण गिरी बताउँछन् ।

एक वाक्यमा आर्कबोलाई परिचय दिनुपर्दा भूषणले भने ' संस्थाको उत्पादकत्व मल्टिप्लाई गर्न र इम्प्लोईलाई स्मार्ट बनाउन आर्कबो नै एउटा सोलुसन हो।'

आर्कबो टोलीले अन्तर्राष्ट्रिय समाधानहरू महँगो र विभाजित संरचनामा उपलब्ध भएको वास्तविकता हेर्दै, खुला स्रोत एप्लिकेसनहरूलाई एकीकृत गरी एक समग्र अफिस–अटोमेसन प्याकेज तयार गरेको छ। यसलाई आर्क टीम्स (Ark Teams) नाम दिइएको छ र यसमा समावेश प्रमुख मोड्युलहरू यस्ता छन्ः

•    भिडियो कन्फ्रेन्सिङ र इन–हाउस च्याट
•    टास्क तथा प्रोजेक्ट प्लानर
•    कम्पनी–ब्रान्डेड इमेल व्यवस्थापन
•    पासवर्ड म्यानेजर र डिजिटल भल्ट
•    डेभलपमेन्ट टीमहरूको लागि सीआई सीडी पाइपलाइन र कोड मर्ज सुविधा

डेटा व्यवस्थापनको संवेदनशीलताबारे बताउँदै गिरी भन्छन् 'परम्परागत च्याट र सार्वजनिक सर्भिसको प्रयोग गर्दा डाटा गुम्ने, सुरक्षा जोखिम र ब्रान्ड जोखिमजस्ता समस्या देखा परेका थिए, आर्क टीम्सले यी सबै चुनौतीलाई लक्षित गर्दै सुरक्षित, कम्प्याक्ट र स्केलेबल समाधान प्रस्तुत गर्दछ।' अहिलेसम्म आर्कबोले लगभग ४०–५० कम्पनीहरूसँग सफल कार्यान्वयन गरेको भूषणको भनाई छ ।

null

कम्पनीको मिशन स्पष्ट छ, आगामी पाँच वर्षभित्र १००० भन्दा बढी एसएमईलाई अटोमेट गरेर तिनीहरूलाई स्केल–अपमा सहयोग पुर्‍याउनु। ठूलो–स्तरका संस्थाहरूसँग काम भइरहँदा पनि प्राथमिक फोकस एसएमई र स्टार्टअपहरूलाई नै दिइएको छ, किनकि यी संरचनाहरू दीर्घकालीन आर्थिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने विश्वास छ।

गिरीको अनुसार 'नेपालको स्टार्टअप–इकोसिस्टममा अवस्थित चुनौतीहरूमा टीम–बिल्डिङको कठिनाइ, पर्याप्त अनुसन्धानको अभाव, वित्तीय सीमान्तता र अन्तर्राष्ट्रिय बजारसम्म पहुँचको कमी प्रमुख छन्।' राज्यद्वारा उपलब्ध गराइने ऋण तथा सहयोग प्रायः साना आवश्यकताहरू पूरा गर्न सीमित हुन्छन् तर ग्लोबल–स्तरको प्रोडक्ट विकासका लागि थप लगानी आवश्यक हुन्छ। थप रूपमा, ट्रस्ट–डेफिसिट र डेलिभरी–सम्बन्धी समस्याहरूले स्टार्टअपहरूको पहिचानमा असर पुर्‍याएको पाइन्छ। यी बाधाहरूलाई पार गर्दै गुणस्तरीय निरन्तर डेलिभरीले मात्र ब्रान्ड र साझेदारीमा बलियो विश्वास निर्माण गर्न सकिन्छ,आर्कबोले यही मार्ग अपनाएको छ।

आर्कबोले एचआरलाई केवल प्रशासनिक कार्यमा सीमित नगरी, ओकेआर (अबजेक्टिभ एण्ड की रिजल्ट) मा आधारित समाधानमार्फत संस्थाको पाँच वर्षे रणनीतिक लक्ष्यलाई दैनिक स्तरसम्म कर्मचारीको कामसँग जोड्ने प्रयास गरेको छ। साथै अनलाइन परीक्षा मोड्युलमार्फत भर्ती, प्रवर्धन र दक्षता परीक्षण व्यवस्थित गर्ने योजना पनि अघि सारिएको छ।

डेटा सुरक्षा आर्कबोका लागि प्राथमिकता हो। कम्पनीले जीडीपीआर  पालना गर्दैछ र आईएसओ प्रमाणिकरणका लागि तयारी गरिरहेको छ। निकट भविष्यमा कम्पनीले आफ्नो सास उत्पादनलाई अमेरिका, युरोप र अष्ट्रेलियामा लन्च गर्ने योजना बनाएको छ, जसले नेपालमा बनेका समाधानहरूको अन्तर्राष्ट्रिय प्रस्तुति सशक्त बनाउन मद्दत गर्नेछ।

हालै आर्कबोले स्टार्टअप आईसिटी अवार्ड २०२५, प्राप्त गरेको छ। गिरीले भने यो अन्तर्राष्ट्रिय स्तरमा मान्यता र ब्रान्ड भ्यालिडेसनको रूपमा महत्व राख्छ। यसले नयाँ व्यवसायिक सोधपुछ र हाइरिङ प्रक्रियामा सकारात्मक प्रभाव पारेको छ।

आर्कबोका संस्थापकहरू स्टार्टअपहरूका लागि बजारको आवश्यकता गहिरोसँग बुझ्न, बलियो तथा विविध–कुशल टीम तयार गर्न, दीर्घकालीन योजना बनाइराख्न र कानुनी तथा अनुपालन पक्षमा समयमै ध्यान दिनु आवश्यक रहेको सल्लाह दिन्छन्। गिरीले बताए 'हतारमा होइन, अनुसन्धान र पुनरावृत्तिमा आधारित कामले दीर्घकालीन स्थायित्व र सफलता सुनिश्चित गर्छ।'

आर्कबो टेक्नोलोजिजको कथा प्रतिभा, अनुसन्धान र निरन्तरता को कथा हो। संस्थाले देखाउन खोजेको कुरा यो हो कि उचित दृष्टि, समर्थन र धैर्यताका साथ नेपाली समाधानहरू विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छन्। आर्कबोले संस्थागत उत्पादकत्व बढाउने र कर्मचारीहरूलाई स्मार्ट बनाउने लक्ष्यतर्फ अग्रसरता जनाएको छ, र यसको यात्रा अझै जारी छ।

null

आर्कबोको कथा एउटा सामान्य स्टार्टअपको कथा मात्र होइन, यो एक दूरदर्शी लक्ष्य, कठिन परिश्रम र विश्वासको कथा हो। उनीहरूको लक्ष्य, अर्गनाइजेसनको उत्पादकत्व गुणा गर्ने र कर्मचारीलाई स्मार्ट बनाउने, केवल प्रविधि उपलब्ध गराउनु मात्र होइन, संगठन र मानिसबीचको सम्बन्धलाई प्रभावकारी बनाउनु हो।

भूषण र उनका सहकर्मीहरूले देखाएको धैर्य, बृहत् अनुसन्धान र व्यावहारिक समाधान–केंद्रित दृष्टिले देखाउँछ कि नेपालबाट निस्किएका आइडियाहरू विश्व बजारमा पुग्न सक्छन्। आर्कबोको यात्रा अझै सुरू छ तर उनीहरूको कथा अहिलेको प्रविधि–परिवर्तनमा एक प्रेरणादायी आवाज बनेको छ।

 

Latest news

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड, ५ वर्षसम्म शुल्क नलाग्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्…

‘मतदाता नामावलीको डिजिटल प्रतिलिपि उपलब्ध गराउने व्यवस्था संविधान र गोपनीयता ऐन विपरीत’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन निर्देशिका, २०८२ मा समावेश मतदाता नामावलीसम्बन्धी व्यवस्था…

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, अनलिमिटेड कलसँगै डिजिटल वालेटमा निःशुल्क पहुँच

एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । व…

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम…

नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्म बन्दै टिकटक

नेपालमा टिकटक अब केवल मनोरञ्जनको माध्यममा सीमित नरही कन्टेन्ट खोज्ने प्रभावशाली प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। टिकटकको …

इंटेलको चिप सफलतासँगै ट्रम्पको व्यापार,राष्ट्रवाद नीतिमा थप ऊर्जा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी इंटेलको निकै प्रशंसा गरेका छन्। इंटेलले भर्खरै एउटा यस्तो एडवान्स्ड सेमिकन्डक्…

डिजिटल प्रविधिले बदलिँदै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव

गोरखाकी जेसिका रसाइली उपचारका लागि बेला–बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल आइरहन्छिन्। सेवा सुस्त हुनु र …

अब दैनिक १० हजार ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

सुरक्षण मुद्रण केन्द्रले अब दैनिक १० हजार सवारी चालक अनुमतिपत्र छाप्ने तयारी गरेको छ । माघदेखि दैनिक १० हजारका दरले ड्राइभिङ ल…

नेपाली प्रयोगकर्तालाई लक्षित ‘डिजिटल पात्रो’ एप सार्वजनिक, विज्ञापनरहित र अफलाइन फर्स्ट फिचर

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड, आईओएस तथा वेब प्लेटफर्ममा प्रयोग गर्न मिल्ने ‘डिजिटल पात्रो (Digital Patro)&rsq…

कञ्चनपुरको राधानदीमा जलस्तर मापन गर्ने ‘आरएलएस’ जडान

जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ …

च्याटजीपीटीमा आयो हेल्थ फिचर, स्वास्थ्यसम्बन्धी जानकारीका लागि छुट्टै सुरक्षित स्पेस

भर्खरका केही समययता ओपनएआईको च्याटबोट च्याटजीपीटी विश्वभरका प्रयोगकर्तामाझ अत्यन्तै लोकप्रिय बन्दै गएको छ। यही क्रमलाई निरन्तरता दि…

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

 नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पु…

देशलाई सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजिटल नेपालको रोडम्यापः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको बताएका छ…

अनलाइनबाट सामान खरिद बिक्री गर्दा डिजिटल पेमेन्ट गेटवे अनिवार्य गर्ने प्रस्ताव

अनलाइनबाट सामान खरिद बिक्री गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्ने प्रस्ताव गरिएको छ । <…

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै

वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्…