स्क्याम
प्रधानमन्त्री राहत कोषको नाममा डिजिटल ठगी, प्रहरीको ‘स्क्याम अलर्ट’
काठमाडौं । विपद्का बेला सर्वसाधारणको सहानुभूति र सहयोगको भावनालाई दुरुपयोग गर्दै ठगी गर्ने गतिविधि बढेको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
प्रहरीका अनुसार केही व्यक्तिले सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ को नाम र पहिचान प्रयोग गरेर सर्वसाधारणबाट रकम संकलन गर्ने प्रयास गरिरहेका छन् ।
उनीहरूले व्यक्तिगत बैंक खाता तथा विभिन्न ई-वालेटमा पैसा पठाउन आग्रह गर्नुका साथै वास्तविकतासँग मेल नखाने राहतसम्बन्धी अपिल समेत सार्वजनिक गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यस्ता गतिविधिलाई लक्षित गर्दै प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गरेको छ । विपद्को समयमा सार्वजनिक हुने अपिल, सहयोगसम्बन्धी सूचना र रकम जम्मा गर्न दिइएका विवरणको आधिकारिकता यकिन नगरी विश्वास नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रहरीले राहत तथा सहयोगका नाममा सामाजिक सञ्जालमा प्रसारित हुने सामग्रीका आधारमा अपरिचित व्यक्ति वा संस्थाको खातामा रकम नपठाउन पनि अनुरोध गरेको छ । आधिकारिक निकायबाट जारी भएका सूचना र प्रमाणित माध्यममार्फत मात्रै सहयोग गर्न आग्रह गरिएको छ ।
स्क्याम
ईमेलमार्फत क्यूआर कोड फिसिङ स्क्याम तीव्र, माइक्रोसफ्टले जारी गर्यो चेतावनी
काठमाडौं । माइक्रोसफ्टका साइबर सुरक्षा विशेषज्ञहरूले हालै तीव्र गतिमा फैलिँदै गएको एक नयाँ स्क्यामबारे च…
ह्याक भएको व्हाट्सएप अकाउन्ट कसरी रिकभर गर्ने ?
काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरह…
नक्कली आईटी जागिरको आडमा उत्तर कोरियाली ह्याकरहरूको ३.२५ करोडको ठगी, लीडरबोर्डमै राख्थे कमाइको स्कोर
उत्तर कोरियासँग जोडिएको एक ह्याकर समूहले नक्कली पहिचान र फर्जी आईटी जागिरको आडमा क्रिप्टो प्रोजेक्टहरूबाट करोडौँ डलर लुटेको खुल…
आकर्षक कमिसन दिने भन्दै ७० हजार बढी नेपालीबाट १२ करोड ठगी, ११ जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप्लिकेशनको प्रयोग गरी अनलाइन स्क्यामिङ गर्ने गिरोहका ११ जना व्यक्तिलाई पक्राउ गरेको छ। ब्यूर…
एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले फिशिङ लिंक पठाइ ईसेवाको रकम चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा …
साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु
नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर ब्यूरोबाट पठाइएको भनिएको झुटा इमेलमा कुनै पनि रिप्लाई नगर्न अनुरोध गरेको छ ।
…ईसेवाको कर्मचारी भन्दै १५ लाख ठगी, ५ जना पक्राउ
काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभिय…
बेलायती नागरिक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने एक जना पक्र…
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट ठगी गर्ने भारतीय नागरिक पक्राउ
सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्…
फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने युवक पक्राउ
महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राख…