कीवर्डहरू -

लगानी

लगानी सम्मेलनः डेटा सेन्टर, ल्यापटप, मोबाइल एसेम्बली प्लान्टदेखि आईटी पार्कसम्म शोकेस हुँदै

सरकारले वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ५ वटा परियोजना शोकेस गर्ने भएको छ । 

लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनमा शोकेस गर्ने गरी आईसीटी क्षेत्रका ५ वटा प्रोजेक्ट छनौट गरेको हो । 

सम्मेलमा डेटा सेन्टर, ल्यापटप एसेम्बली प्लान्ट, मोबाइल एसेम्बली प्लान्ट, डिजिटल ट्रेनिङ सेन्टर र आईटी पार्क परियोजना शोकेस हुने छन् ।

देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि आईतबार र सोमबार लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा देश तथा विदेशमा लगानकर्ताहरू सहभागी हुँदैछन् । 

लगानी सम्मेलनमा उद्यमी वसन्त चौधरीले नेपालमा डेटा सेन्टर स्थापना गर्न हिरानन्दानी ग्रुपबीच सम्झौता गर्दैछन् । 

३ अर्ब लगानीमा बन्ने उक्त डेटा सेन्टर स्थापनाका लागि चौधरीको बिएलसी होल्डिङ्सले हिरानन्दानी ग्रुपको योट्टा डाटा सर्भिससँग सम्झौता गर्नेछ ।


 

लगानी