कीवर्डहरू -

काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए । प्रत्येक स्कुटरको सजावटदेखि त्यस वरपरको वातावरणसम्ममा छुट्टै भाव र शैली प्रस्तुत गरिएको थियो ।

आगन्तुकहरूले एकपछि अर्को प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए र आफूसँग ज्यादा मेल खाने व्यक्तित्व पहिचान गर्ने प्रयास गरेका थिए ।

कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल कन्टेन्ट क्रियटरहरू पनि सहभागी भएका थिए । उनीहरूले शैली, व्यक्तित्व र निजि अभिव्यक्तिका बारेमा आफ्ना विचार व्यक्त गर्दै अतिथिहरूसँग समय बिताएका थिए । सहभागीहरूले स्कुटरमा बसेर यसको नजिकबाट अनुभव लिएका थिए ।

फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ । यो इलेक्ट्रिक मोटरले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ ।

यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्छ । साथै, केवल ९८ किलोग्राम तौल भएको यसको हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउँछन् ।

यामाहा फ्यासिनो हाइब्रिडको विशेषता भनेको यसले चालकलाई आकर्षक डिजाइन र आधुनिक सुविधामध्ये कुनै एक मात्र रोज्न बाध्य बनाउँदैन । बरु, यसले चालकको व्यक्तित्वलाई अझ निखार्ने काम गर्छ । आकर्षक डिजाइन र हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो हाइब्रिडलाई कलात्मक र सहज रूपमा चलाउन सकिने स्कुटर बनाएको छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ । यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो । हामी चाहन्थ्यौँ, उहाँहरू यहाँ आएर आफू सुहाउँदो व्यक्तित्व पहिचान गरेर स्कुटरलाई केवल एउटा उत्पादनका रूपमा नभई आफ्नो व्यक्तित्वको हिस्साका रूपमा पनि हेर्न सक्नुहोस् ।”

आर्ट ग्यालरीको रमाइलो साँझमा डिजाइन, संस्कृति र दैनिक आवागमनको साधन एकसाथ जोडिन आएका थिए । यस कार्यक्रमले यामाहा फ्यासिनो हाइब्रिडलाई आफ्नै ढङ्गले पृथक देखिन रुचाउने व्यक्तिहरूका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरेको थियो । फ्यासिनो १२५ एफआई हाइब्रिड अब नेपालभरका यामाहा शोरुम तथा डिलरहरूमा उपलब्ध छ ।

फ्यासिनो ड्रमको मूल्य २,९९,९०० रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य ३,२९,९०० रुपैयाँ र फ्यासिनो एसको मूल्य ३,५९,९०० रुपैयाँ तोकिएको छ । ग्राहकहरूले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन गर्न र थप जानकारी लिन सक्नेछन् ।