कीवर्डहरू -

अफर

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।

कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् । यी प्याकेजको समयावधि क्रमश: १, ३, ७, ३० र ३० दिन रहेको छ ।

त्यस्तै, सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनको समयावधि भएको प्याकेज उपलब्ध छ । उक्त प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।

यसैगरी, १ हजार ४९९ रुपैयाँको ३० दिनको प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकका साथै अन्य कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले भ्वाइस र डाटा प्याकेजसँगै बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकेजलगायतका सेवा पनि उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ ।

अफर

निओ स्टोरको दसैं योजना ‘फेस्टिभ फिएस्टा’ सार्वजनिक, ल्यापटपदेखि स्मार्टफोनसम्म आकर्षक उपहार

काठमाडौं । दसैंलाई लक्षित गर्दै निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक ग…

मोबाइलमाण्डुको दसैं मेला : स्मार्टफोनमा उपहार, १ लाखको लक्की ड्र

काठमाडौं । मोबाइलमाण्डुले दसैंलाई लक्षित गर्दै ‘मोबाइलमाण्डु दसैं ग्याजेट मेला’ सञ्चालनमा ल्याएको…

एनसेलले ल्यायो आइफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल योजना

काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन…

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाजको दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी …

दसैंको किनमेलमा दराजको ‘१०.१० धमाका’, ७५ प्रतिशतसम्म छुटदेखि आकर्षक उपहारसम्म

काठमाडौं । परिवारलाई एकै ठाउँमा ल्याउने, घर आँगनमा खुसी र उमंग भर्ने तथा हरेक उत्सवलाई विशेष बनाउने महान् …

शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर

काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा था…

बर्दिबासमा ब्रदरको नि:शुल्क सेवा शिविर तथा एक्सचेन्ज अफर आयोजना हुँदै

काठमाडौं । ब्रदर ब्रान्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै बर्दिबासमा नि:शुल्क सेवा शिविर तथा एक्सचेन्ज अफर आय…

होन्डाले ल्यायो चाडपर्व लक्षित ‘यो दसैं, आशाको सुरुवात’ योजना

काठमाडौं । ठूला चाडहरू दसैं, तिहार तथा छठ पर्वका अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आध…

होण्डाले ल्यायो ‘फेस्टिभ अफर होण्डाको सफर’, नगद छुटदेखि नि:शुल्क बीमासम्म

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वल…

सामसङ नेपालको दसैं-तिहार अफर, दैनिक र साप्ताहिक उपहार जित्ने मौका

काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’…

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधा…

यामाहाले ल्यायो दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान, १० लाखसम्म पुरस्कार जित्ने मौका

काठमाडौं । यामाहा नेपालले दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सुरु गरेको छ । अ…

हायरको ‘खुसीको पल’ योजना, दशैंमा घरायसी सामाग्री खरिद गर्दा आकर्षक उपहार

काठमाडौं । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशै…

दशैंमा टीभीएसको ‘गोल्डेन की’ योजना : १० लाखसम्म नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

काठमाडौं । दशैं नजिकिँदै गर्दा दुईपांग्रे सवारीसाधन कम्पनीहरूले उपभोक्तालाई लक्षित गर्दै आकर्षक योजना सार्वजनि…

मोबाइलमाण्डुको ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक, पुराना फोनमा १० प्रतिशत अतिरिक्त मूल्यांकन

काठमाडौं । मोबाइलमाण्डुले पुराना स्मार्टफोन तथा व्यक्तिगत प्रविधिजन्य उपकरण साटेर नयाँ उपकरण लिन सकिने &lsquo…