कीवर्डहरू -

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा विशेष छुट पाउने भएका छन् । यसका निम्ति एनसेल र ट्रान्क्विलिटी स्पाबीच हालै समझदारी भएको हो । योसँगै ट्रान्क्विलिटीको स्पा तथा सौन्दर्य सेवामा एनसेलका ग्राहकले विशेष छुटको लाभ लिन सक्नेछन् ।

साझेदारीअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन् । यसले दुई जनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ ।

एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । एनसेलका अनुसार यी लाभ नेपाली नागरिकका लागि मात्र उपलब्ध छन् । ९९ देखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकले पनि विशेष लाभ पाउन सक्नेछन् ।

युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन् । अफरको लाभ लिन ग्राहकले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन् ।