काठमाडौं । सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल कनेक्टिभिटीको सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य विस्तार गरेका छन् ।
सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले नि:शुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन् ।
यस अभियानमार्फत पुरानो २ जी प्रविधिबाट ४जी मा स्तरोन्नति गर्न ग्राहकलाई प्रोत्साहित गरिनेछ । ग्राहकले जुनसुकै २ जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाउनेछन् ।
साथै, न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी (ईएमआई) सुविधासमेत उपलब्ध हुनेछ । सामसङ र एनसेलले एआई प्रविधिलाई पनि सर्वसाधारणको पहुँचमा पुर्याउने लक्ष्य राखेका छन् ।
ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधामार्फत ग्राहकले किफायती मूल्यमा आधुनिक प्रविधिको अनुभव लिन सक्ने कम्पनीको भनाइ छ ।
सहकार्यअन्तर्गत छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्म एनसेलका निश्चित मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन् ।
त्यस्तै, सामसङले हुलास फिन सर्भरसँगको सहकार्यमा फ्ल्यागशिप स्मार्टफोन खरिदका लागि ३६ महिनासम्मको किस्ताबन्दी सुविधा ल्याएको छ । यस योजनाअन्तर्गत मासिक पाँच हजार १०६ रुपैयाँदेखि किस्ता तिर्न सकिनेछ ।
छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा योग्य ग्यालेक्सी Z र S सिरिजका ग्राहकलाई एक वर्षको अतिरिक्त वारेन्टीसमेत उपलब्ध हुनेछ । अन्य छनोट गरिएका स्मार्टफोनमा २४ महिनासम्मको ईएमआई सुविधा पनि रहनेछ ।
यसैबीच, नयाँ योजनाअन्तर्गतको प्रि-अर्डर नोभेम्बर २० देखि २३ सम्म खुला रहनेछ । क्यूआर कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले चार हजार ९९९ रुपैयाँ मूल्यको Buds Core मा ६२ प्रतिशत छुट पाउनेछन् ।
आईसीटी समाचार