कीवर्डहरू -

इन्नोभेशन

विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि

नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु । विकसित देशले सडक गुड्ने सवारीसाधनको स्पीड थाहा पाउने अटोमेटिक प्रविधि प्रयोगमा ल्याएपनि नेपालमा भने त्यस्तो अटोमेटिक प्रविधि सञ्चालनमा छैनन् ।

एकातिर सवारीसाधनको स्पीड पत्ता लगाउने अटोमेटिक प्रविधि छैन् भने अर्कोतिर तीब्र गतीका कारण धेरैले कम उमेरमै मृत्य वरण गर्नु परेको छ । एनसीआईटी कलेजमा पढ्ने २ जना विद्यार्थी रुबी खत्री र सुफी ढुंगेललाई यो दर्दनाक अवस्थाले पिरोल्यो । सूचना प्रविधिको प्रयोगमार्फत यो समस्यालाई हल गर्न उनीहरू कम्मर कसेर लागे र स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट सिस्टम समाधान पनि तयार पारे ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउने गरी करिब १ वर्ष अगाडि स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट सिस्टम बनाएको डेभलपर रूवी खत्रीले बताइन् । ‘स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै डिजाइन गरिएको सिस्टम हो,’ उनले भनिन, ‘यसले २४ सै घण्टा सर्भिलेन्स क्यामेराको माध्यमबाट गाडीहरुलाई मोनिटर गरेर रियल टाइममा गाडीको स्पीड र नम्बर प्लेट पत्ता लगाउन सहयोग गर्छ ।’

स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट सिस्टमबाट कुन सवारी साधन कतिको गतीमा गुडिरहेको छ, त्यसको जानकारी पाउन सकिने छ । यो सिस्टमले २४ सै घण्टा सेवा दिन्छ, जसले गर्दा ट्राफिक प्रहरीलाई पनि धेरै सहज बनाउने छ ।

 

इन्नोभेशन

नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'

शुद्ध नेपाली अहिले निकै महत्वपूर्ण मानिन्छ । नेपाली लेख्न भनेजस्तो सजिलो पनि छैन । जतिनै शुद्ध लेखेपनि कही न कही त बिग्रेकै हुन्…

दृष्टि विहीनहरुको आँखाको ज्योति बन्दै 'दृश्य'

मानिसको सबैभन्दा अमूल्य चिज भनेको आँखा हो । यदि कसैले आँखा देख्दैन भने केही रमणीय दृश्यहरु गुमाउन सक्छ । आफ्नो आवश्यक डकुमेन्टह…

वेयर प्लान मिरर जसले ऐना मार्फत सुहाउँदो लुगा ट्राइ गर्न दिन्छ

सपिङ । साना देखि ठूला सबै जो कोहिले सपिङ गर्छन् । कोहीले ठूला ठूला मलमा गएर सपिङ गर्छन् त । कोहीले साना साना बजारमा गएर सपि…