कीवर्डहरू -

गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम

गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम

हामीले दूध दिनहुँ उपभोग गर्छौ । चियाँ खान होस् वा दूध पिउन नै किन नहोस् दूधको प्रयोग हरेक घरमा हुन्छ । तर, हामी बजारमा जस्तो दूध छ त्यस्तै खान्छौं । दूध शुद्ध छ वा अशुद्ध त्यसको परिक्षण गर्न जरुरी ठान्दैनौं । त्यही कारणले विभिन्न रोग समेत निम्त्याउँछ । त्यही कुरालाई मध्यनजर गरेर आइसकेको छ क्याटल मोनिटरिङ सिस्टम । 

सफ्ट्वोरिका कलेजका विद्यार्थी रुजा भट्ट र मरिना गान्सीले १ वर्ष अगाडी सुरु गरेको प्रोजेक्ट हो क्याटल मानिटरिङ सिस्टम । क्याटल मोनिटरिङ सिस्टमले गाईको हरेक गतिविधि निगरानी गर्न सक्छ । यसबाट रियल टाइममा गाईले खाएको, सुतेको, स्वास्थ्य अवस्था, प्रडक्टिभिटी लगायत निगरानी गर्न सकिन्छ । यसमा जीपीएस लोकेशन ट्रयाकिङ पनि जडान गरिएको छ ।

जीपीएस ट्य्राकिङ गर्न, तापक्रम मापन गर्न, खाना खायो खाएन भनेर जाँच्न यसलाई गाईको गलामा बाँधिदिने गरिन्छ । अनि त्यसबाट आएको डेटाका आधारमा ती सबै कुराको जानकारी पाउन सकिन्छ ।   

खासगरी यो गाईहरूको स्वास्थ्य कस्तो छ भनेर नियमित परीक्षण गर्न यो डिभाइस उपयोगी हुन यस सिस्टमकी फाउण्डर मरिना गान्सीको भनाई छ र्। धेरै गाई हुँदा सबैलाई हेरचाह गर्न सकिदैन । त्यस्तो अवस्थामा यसले सहयोग गर्छ ।’  उनी भन्छिन्र्, यसबाट गाई बिरामी हुन अगाडि नै त्यसबारे थाहा पाउन सकिन्छ ।’

क्याटल मोनिटरिङ सिस्टमले गाई पाल्ने किसानलाई सहयोग हुने गरी गाईको हरेक गतिविधी परिक्षण गर्न सकिने उनको भनाई छ । 

null

उनका अनुसार गाउँले खाएको, सुतेको जस्ता हरेक कुरा परिक्षण गर्न सकिन्छ । उनी भन्छिन्र्, यो गरेपछि गाईमा भएको समस्या परिक्षण समेत गर्न सकिन्छ । यसको डाइरेक्ट मिल्क प्रोडक्टीभिडी इन्क्रिज गर्न सक्छ । यसमा जिपिएस लोकेशन ट्राकिङ पनि रहेको छ । यसले गाई चराउन गएको बेलामा यदि हरायो वा चोरेर लग्यो भने सजिलै थाहाँ पाउन सकिन्छ । यसका साथै यहाँबाट गाईमा लागेको रोग समेत सजिलै थाहाँ पाउन सकिन्छ ।’दुधको शुद्धतालाई परिक्षण गर्नका लागि यो सिस्टम एकदमै उपयोगी उनी टिमको भनाई छ । 

क्याटल मोनिटरिङ सिस्टमका सुविधाहरु 

लोकेशन ट्राक (हराएमा भेटिने) 

गाईको हरेक गतिविधि परिक्षण​​​​​​​​​​​​​​

दूधको शुद्धता/अदुद्धता परिक्षण 

क्याटल मोनिटरिङ सिस्टमआइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट १४ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई पब्लिक च्वाइस आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले क्याटल मोनिटरिङ सिस्टमलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।