अपडेट
एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै रु ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै रु २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा रु १ लाखको ब्रान्ड डिल जितेका थिए ।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
“देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु,” एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, “साथै यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पु¥याउनु हुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौं।,”
प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरुलाई १०/१० जनाको समुहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।
प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए । उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरु मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरु छानेका हुन ।
निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।
अपडेट
दिगोको ई-स्टपमा एनआईसी एशिया बैंकका ग्राहकहरुलाई छुट
एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झ…
अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने, यी हुन् शर्तहरू
अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकले अब नागरिक एपबाटै ट्राफिक सचे…
मेटाले खरिद गर्यो भ्वाइस क्लोनिङ स्टार्टअप प्लेएआई
मेटाले भ्वाइस क्लोनिङ सेवा प्रदान गर्ने स्टार्टअप प्ले एआई खरिद गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, मेटाले सम्झौता अन्तिम चरणमा प…
एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल हुने, मूल्य पनि १० देखि १५ प्रतिशत सस्तो
एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल हुने भएका छन् । ग्रन्थ ईभीले एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल ग…
काठमाडौंमा इनड्राइभको ड्राइभर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट&…
जेनेस सलुशनलाई एडब्लुएस प्रिमिएयर टिएर सर्भिसेज पार्टनरको मान्यता
डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर …
मोनिटाइजेसन नीतिमा कडाइ गर्दै युट्युब, ओरिजिनल कन्टेन्ट मात्रै मोनिटाइज हुने
के तपाई पनि युट्युबमा एआईबाट भिडियो बनाएर पैसा कमाइरहनु भएको छ वा यस्तो गर्न सोच्दै हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि ठूलो अप…
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स नेपालपे कार्डमा आबद्ध
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक …
क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ मोडेलमा ब्याट्री उत्पादन
क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र CTP2.0 (Cell-to-Pack) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उ…
मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड
नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्तालाई विश्व…
जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल
जापानका शोधकर्ताहरूले एक सेकेन्डमा १.०२ पेटाबाइट्स (१.०२ मिलियन जीबी) को इन्टरनेट गति हासिल गरी नयाँ विश्व रेकर्ड कायम गरेका …
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने
नेपाल राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने
नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२-८३ को म…
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।