अपडेट
बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा
काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे एकीकृत सूचना तयार गर्न विभिन्न निकाय तथा व्यक्तिले ड्रोनमार्फत संकलन गरेका तस्बिर, भिडियो, नक्सांकन र क्षति मूल्यांकनसम्बन्धी तथ्यांक एउटै केन्द्रीय प्रणालीमा संकलन गरिने भएको छ ।
विभिन्न ड्रोन पाइलट, ड्रोन समूह, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम र अन्य संघ संस्थाले प्रभावित क्षेत्रमा संकलन गरिरहेका एरियल फोटो, भिडियो, म्यापिङ तथा एसेसमेन्ट डाटालाई व्यवस्थित रूपमा एकीकृत गर्ने योजना अघि सारिएको हो ।
योजनाअनुसार सम्बन्धित सबै ड्रोन डेटा DRRT Central Data Desk मार्फत संकलन गरिनेछ । प्राप्त सामाग्रीलाई आवश्यकताअनुसार प्रशोधन, प्रमाणीकरण र व्यवस्थित गरिने जनाइएको छ ।
प्रमाणीकरणपछि उपयोगी तथा विश्वसनीय तथ्यांकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सहित सम्बन्धित उद्धार तथा प्रतिकार्य निकायलाई उपलब्ध गराइनेछ । यसबाट विपद् प्रभावित क्षेत्रको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न तथा राहत, उद्धार र अन्य प्रतिकार्यका लागि निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेष गरी सडक, पुल, बस्ती, नदीको अवस्था, बाढीले पुर्याएको क्षति तथा प्रभावित क्षेत्रको भौगोलिक अवस्थासम्बन्धी ड्रोनबाट संकलित दृश्य सामाग्रीलाई एकीकृत गर्दा स्थलमै पुगेर विवरण संकलन गर्न कठिन भएका स्थानको अवस्था समेत पहिचान गर्न सहज हुने बताइएको छ ।
यस अभियानअन्तर्गत सम्बन्धित ड्रोन पाइलट, अपरेटर, संघ संस्था, NGO/INGO तथा सञ्चारमाध्यमलाई आफूले संकलन गरेका सम्बन्धित ड्रोन डेटा उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सामाग्रीलाई DRRT Central Disaster Data Collection Form मार्फत बुझाउन अनुरोध गरिएको छ ।
विभिन्न स्रोतबाट छरिएर रहेका विपद्सम्बन्धी तथ्यांकलाई एउटै स्थानमा संकलन गरी प्रमाणित र उपयोगी सूचना तयार गर्ने उद्देश्यले यो व्यवस्था अघि सारिएको हो । यसरी संकलित तथ्यांकले विपद्पछिको अवस्थाको समग्र मूल्यांकन, प्राथमिकता निर्धारण तथा प्रभावकारी उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
अपडेट
बालबालिकाको सुरक्षाका लागि मेटाको १८ अर्ब डलरको सम्झौता
काठमाडौं । बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सम्भावित हानिबाट जोगाउन अमेरिकी राज्यहरूसँगको का…
विपद्का बेला अपुष्ट सूचना र हृदयविदारक सामाग्री नफैलाउन सरकारको आग्रह
काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री …
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोम इन्टरनेटको नि:शुल्क सेवा
काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म …
भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु १ करोड सहयोग
काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका ल…
नेपाली स्टार्टअपलाई भारतको बजार, पूँजी र नेटवर्कसँग जोड्दैछौं : भारतीय राजदूत श्रीवास्तव
काठमाडौं । नेपालका स्टार्टअप तथा युवा उद्यमीलाई भारतीय बजारमा प्रवेश गर्न सहज वातावरण बनाउने तयारी भइरहेको …
कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै
काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिके…
बाढी पीडितलाई राहत दिन सरकारको अनलाइन प्रणाली, यसरी दिनुहोस् विवरण
काठमाडौं । सरकारले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि अनलाइनबाट विवरण दिन सक्ने व्यवस्था ग…
रसुवा बाढीबारे सूचना दिन निरज भुसालले सुरु गरे ‘रसुवा-भोटेकोशी बाढी’ अपडेट
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट हुन सक्ने जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले निरज भु…
बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई लक्षित गर्दै दुई दिनसम्म नि:शुल्क भ्व…
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा
काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ ए…
अब भ्याट विवरणमा गल्ती भए कर कार्यालय धाउनु नपर्ने, सात दिनभित्र अनलाइनबाटै सच्याउन सकिने
काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य गल्ती हुँदा सच्याउन कर कार्यालय पुग्नुपर्ने पुरानो झन्झट ह…
ईभीदेखि विद्युतीय चुलोसम्म प्रोत्साहन गर्नुपर्नेमा भ्याट लगाउनु गलत : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी नी…
अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसाय सुरु गर्ने क्षमतामा मात्र सीमित नगरी अवसर पहिचान, स्रोत …
अर्थमन्त्री वाग्ले भन्छन्- ‘आईटीलाई नेपालको आर्थिक विकासको नयाँ इन्जिन बनाउँछौँ’
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने तय…
निर्वाचनमा आधुनिक प्रविधि प्रयोगबारे विज्ञसँग छलफल
काठमाडौं । निर्वाचन आयोग, नेपालले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मत…