कीवर्डहरू -

अपडेट

स्पेसएक्सले खरिद गर्‍यो एक्सएआई, अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने योजना

अमेरिकी अर्बपति एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले मस्ककै एआई कम्पनी एक्सएआईलाई अधिग्रहण गरेको छ। दुवै कम्पनीले संयुक्त रूपमा यसको औपचारिक घोषणा गरेका हुन्।

अधिग्रहणबारे जानकारी दिँदै एलन मस्कले यस मर्जरले पृथ्वीमा मात्र होइन, अन्तरिक्षमा समेत सबैभन्दा महत्वाकांक्षी र पूर्ण रूपमा एकीकृत नवप्रवर्तन इञ्जिन निर्माण गर्ने दाबी गरेका छन्। 

उनका अनुसार अब एआई, रकेट, अन्तरिक्षमा आधारित इन्टरनेट, मोबाइल उपकरणमा सिधै कनेक्ट हुने सञ्चार प्रणाली तथा विश्वकै प्रमुख रियल–टाइम सूचना र अभिव्यक्ति प्लेटफर्म एउटै संरचनामा जोडिनेछ।

हाल एक्सएआई आफ्नो च्याटबोटसँग सम्बन्धित विवादका कारण चर्चामा रहे पनि, मस्कको दीर्घकालीन योजनामा यो स्पेसएक्सका लागि महत्वपूर्ण हिस्सा बनेको छ। मस्कका अनुसार एआईका लागि बढ्दो विश्वव्यापी विद्युत् माग पृथ्वीमा आधारित पूर्वाधारबाट मात्र पूरा हुन नसक्ने अवस्था आउँदैछ। त्यसैले उनले एआई डाटा सेन्टरलाई अन्तरिक्षमा सार्नु “एक मात्र तार्किक समाधान” भएको दाबी गरेका छन्।

यसै सन्दर्भमा, स्पेसएक्सले केही दिनअघि मात्रै अमेरिकी सञ्चार नियामक संस्था एफसीसीमा अर्बिटल डाटा सेन्टर निर्माणका लागि आवेदन दर्ता गरिसकेको छ। यस योजनाअन्तर्गत कम्पनीले १० लाख नयाँ उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको बताइएको छ।

मस्कले अन्तरिक्षमा आधारित डाटा सेन्टरले भविष्यमा चन्द्रमामा आत्मनिर्भर आधारशिविर, मंगल ग्रहमा मानव सभ्यता र अन्ततः ब्रह्माण्डभर विस्तारको मार्ग प्रशस्त गर्ने दाबी पनि गरेका छन्। यद्यपि, यो पहिलो पटक होइन जब मस्कले मंगल ग्रहबारे ठूला दाबी गरेका छन्। 

उनले सन् २०१७ मै २०२४ सम्म मानिसलाई मंगल ग्रह पठाइने भविष्यवाणी गरेका थिए, जुन हालसम्म पूरा हुन सकेको छैन। यो अधिग्रहण पनि मस्कले आफ्नै कम्पनीहरूबीच गरेको पहिलो मर्जर होइन। उनले गत वर्ष एक्सएआई र सामाजिक सञ्जाल एक्सलाई मर्ज गरेका थिए, जसले गर्दा २०२२ मा खरिद गरिएको सामाजिक सञ्जाल अब स्पेसएक्सको स्वामित्व अन्तर्गत आएको छ। यसअघि उनले टेस्लाले एक्सएआई मा २ अर्ब डलर लगानी गर्ने घोषणा पनि गरिसकेका छन्।

यसैबीच, स्पेसएक्सले यसै वर्ष सार्वजनिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। ब्लूमबर्गका अनुसार आईपीओ पश्चात् स्पेसएक्सको मूल्यांकन १ ट्रिलियन डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। रिपोर्टमा स्पेसएक्स र टेस्लाबीच सम्भावित मर्जरबारे समेत आन्तरिक छलफल भएको उल्लेख गरिएको छ।

अपडेट

इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक

इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्…

सफ्टवेरिका कलेजका ४५० विद्यार्थी दीक्षित

बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले ४५० विद्यार्थी दीक्षित गरेको छ । ३० जनवर…

डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर’ अभियान सुरू, घरमै प्राविधिक सेवा

डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर’ अभियान सुरुवात गरेको छ । डिशहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छ…

राइड–हेलिङ सेवाको प्रयोग बढेसँगै इनड्राइभले यात्रु सुरक्षाप्रतिको प्रतिबद्धता थप सुदृढ

नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन से…

एआई एजेन्टका लागि मात्रै बनेको नयाँ सामाजिक सञ्जाल ‘मोल्टबुक’, गोपनीयतामा जोखिमको चिन्ता

टेक्नोलोजीसँगै सामाजिक सञ्जाल प्लेटफर्महरू पनि बदलिँदैछन्। बजारमा इनदिनहरू एउटा नयाँ प्लेटफर्म देखिएको छ, जुन मानिसहरूका लागि …

जीमेल इनबक्स सफा र व्यवस्थित बनाउने सजिलो उपाय: केही मिनेटमै फिल्टर रुल्स सेट गर्नुहोस्

के तपाईंको जीमेल इनबक्स पनि प्रमोशनल मेल, न्यूजलेटर र थुप्रै अपडेटहरूले भरिएको छ? अब चिन्ता गर्न आवश्यक छैन। केही रुल्स पालन गर…

अन्तरिक्षमा डाटा सेन्टर बनाउँदै स्पेसएक्स, १० लाखसम्म उपग्रह प्रक्षेपण गर्न माग्यो अनुमति

एलन मस्क र उनको अन्तरिक्ष कम्पनी स्पेसएक्सले हाल पृथ्वीको कक्षमा रहेका उपग्रहहरूको संख्याभन्दा झन्डै १०० गुणा बढी उपग्रह तैनाथ गर्न अ…

सुपर एपको अवधारणामा विकसित गरिएको ‘एनच्याट’ एप सार्वजनिक

नवनेक्सा टेकले सुपर एपको अवधारणामा विकसित गरिएको ‘एनच्याट’…

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने र लाइभ मार्केट सुविधा

 ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको…

सुरक्षा र भरोसाको मापदण्ड स्थापना गर्दै पठाओ

राइडर र यात्रु दुवैको सुरक्षा र भरोसालाई प्राथमिकतामा राख्दै राइड–सेयरिङ कम्पनी पठाओले अत्याधुनिक प्रविधि, तत्काल प्रतिक्रि…

मर्ज होलान स्पेसएक्स, एक्सएआई र टेस्ला ?

एलन मस्कका तीन कम्पनी स्पेसएक्स, एक्सएआई (xAI) र टेस्लाबीच सम्भावित मर्जरको चर्चा सुरू भएको छ । ब्लूमबर्ग र रोयटर्सका अनुसार प्रारम्भ…

नेपालकै पहिलो खेलकुद केन्द्रित ओटीटी प्लेटफर्म ‘स्ट्याक्स नेपाल’ सञ्चालनमा, माघ २४ देखि विश्वकप हेर्न पाइने

नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस ओटीटी प्लेटफर्म ‘

फेब्रुअरी महिना दराजको २.२ सेल: ७० प्रतिशतसम्म छुट, आकर्षक ब्रान्ड अफर र रेडमी नोट १५ फाइभजी जित्ने अवसर

देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टु गुड ट…

खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटको उत्साह चुलिएको छ। यही उत्साहलाई थप…

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्ट…