कीवर्डहरू -

अपडेट

आनन्दराज खनाल आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुख नियुक्त

काठमाडौं । नेपालका दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन् ।

आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त जिम्मेवारीका लागि नियुक्त गरेको हो । उनले अक्टोबर १ देखि नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयमा पदभार सम्हालेका छन् ।

आइटियुको आधिकारिक विवरणअनुसार खनालले दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको नेतृत्व गर्नेछन् । यससँगै दक्षिण एसियामा दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) विकास, डिजिटल रूपान्तरण र नवप्रवर्तनसँग सम्बन्धित काममा उनको भूमिका रहनेछ ।

तीन दशकभन्दा लामो समयदेखि दूरसञ्चार तथा आइसिटी क्षेत्रमा सक्रिय खनालले डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणमा उनले १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर जिम्मेवारी सम्हालेका थिए । प्राधिकरणमा रहँदा उनले दूरसञ्चार तथा आइसिटी नीति र नियमन, ब्रोडब्यान्ड विस्तार, साइबर सुरक्षा, डिजिटल सेवा तथा अपाङ्गता भएका व्यक्तिको आइसिटी पहुँचलगायतका क्षेत्रमा काम गरेका थिए ।

राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण, साइबर सुरक्षा सचेतना तथा मूल्याङ्कन, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान र साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाका लागि भएका विभिन्न पहलमा समेत खनालको संलग्नता रहेको थियो ।

अपडेट

नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GIZ बीच सहकार्य

काठमाडौं । नेपालको सार्वजनिक यातायात तथा मोबिलिटी क्षेत्रमा डिजिटल भुक्तानी विस्तार गर्न नेपाल क्लियरिङ हाउस …

मेरो पुस्ता : परिवारदेखि संस्कृतिसम्मका डिजिटल सेवा एउटै प्लेटफर्ममा

काठमाडौं । परिवारको इतिहास तथा वंशावली सुरक्षित राख्ने, पुस्ताबीच डिजिटल रूपमा सम्बन्ध जोड्ने र नेपाली संस्कृ…

एनसेलले ल्यायो आइफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल योजना

काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन…

प्रधानमन्त्रीसँग प्राविधिक सांसदहरूको छलफल : साहले उठाए एआईदेखि डिजिटल शासनसम्म

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभव मुल…

यातायातको तोकिएको भाडा अब अनलाइनमै, विभागले ल्यायो नयाँ सुविधा

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अब आफू जाने गन्तव्यको आधिकारिक भाडादर अनलाइनमै हेर्न सक्न…

फोरेन्सिक ल्याबमा आधुनिक उपकरणदेखि दक्ष जनशक्तिसम्म, सरकारको नयाँ योजना

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा फोरेन्सिक (विधि विज्ञान) प्रयोगशालाको क्ष…

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शक्…

सामाजिक सञ्जाल दुरुपयोग रोक्न बलियो कानुनी आधार बनाउँदैछौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोगबाट बढिरहेका ठगी, दुर्व्यव…

स्टार्टअप प्रवर्द्धनका लागि सीएनआईवाईईएफ र टीएसएनबीच समझदारी

काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेप…

युवालाई लक्षित गरी आजदेखि इटहरीमा सीप तथा रोजगार मेला

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटह…

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाजको दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी …

दसैंको किनमेलमा दराजको ‘१०.१० धमाका’, ७५ प्रतिशतसम्म छुटदेखि आकर्षक उपहारसम्म

काठमाडौं । परिवारलाई एकै ठाउँमा ल्याउने, घर आँगनमा खुसी र उमंग भर्ने तथा हरेक उत्सवलाई विशेष बनाउने महान् …

विश्वभरका नेपालीलाई जोड्ने ‘ग्लोबल नेपाली कम्युनिटी मार्केटप्लेस’ Neplify सञ्चालनमा

काठमाडौं । Neplify विश्वभरका नेपालीलाई व्यवसाय, सेवा, कला, संस्कृति र आपसी सहयोगमार्फत जोड्ने Global Nepali…

अपाङ्गता भएका व्यक्तिको सेवा अब एउटै डिजिटल प्रणालीबाट

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पहिचानदेखि परिचयपत्र वितरण र सामाजिक सुरक्षा सेवासम्मका विवरणलाई एउटै डिज…

होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु

काठमाडौं । होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान&rsqu…