कीवर्डहरू -

ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका

ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका

काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयता र सुविधालाई ध्यानमा राख्दै विभिन्न फिचर उपलब्ध छन् । त्यसमध्ये ‘Delete for Everyone’ फिचर पनि एक हो । यसले प्रयोगकर्तालाई आफूले पठाएको मेसेज प्रापकले हेर्नुअघि नै दुवै पक्षको च्याटबाट हटाउने सुविधा दिन्छ ।

तर, कसैले पठाएको मेसेज डिलिट गरेपछि त्यसमा के लेखिएको थियो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । विशेष गरी प्रेषकले ‘Delete for Everyone’ प्रयोग गरेर हटाएको मेसेज फेरि पढ्न चाहनेहरूका लागि एन्ड्रोइड फोनमा उपलब्ध ‘Notification History’ फिचर उपयोगी हुन सक्छ ।

यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिले आफ्नो फोनमा ह्वाट्सएपको नोटिफिकेसन अन भएको सुनिश्चित गर्नुपर्छ । त्यसपछि फोनको Settings मा गएर Notifications विकल्प खोल्नुहोस् । त्यहाँ उपलब्ध More वा सम्बन्धित विकल्पभित्र रहेको Notification History मा प्रवेश गरी उक्त सुविधा अन गर्नुहोस् । फोनको ब्रान्ड र एन्ड्रोइड संस्करणअनुसार सेटिङको नाम वा स्थान केही फरक हुन सक्छ ।

यो सुविधा सक्रिय भएपछि फोनमा प्राप्त हुने नोटिफिकेसनको विवरण हिस्ट्रीमा सुरक्षित रहन्छ । त्यसैले ह्वाट्सएपमा आएको कुनै टेक्स्ट मेसेजको नोटिफिकेसन देखिएको अवस्थामा प्रेषकले पछि उक्त मेसेज सबैका लागि डिलिट गरेपनि त्यसको अंश नोटिफिकेसन हिस्ट्रीमा पढ्न सकिन्छ ।

तर, यो तरिका सबै मेसेजमा काम गर्छ भन्ने छैन । नोटिफिकेसन हिस्ट्रीमा सामान्यतया टेक्स्ट मेसेजको विवरण मात्र देखिन्छ । फोटो, भिडियो तथा अन्य मिडिया फाइलको सामाग्री यसरी पुन: हेर्न सकिँदैन ।

त्यस्तै, नोटिफिकेसन नआएको, नोटिफिकेसन बन्द रहेको वा मेसेजको पूरा सामाग्री नोटिफिकेसनमा नदेखिएको अवस्थामा पनि डिलिट गरिएको मेसेज पढ्न सम्भव नहुन सक्छ । त्यसैले ह्वाट्सएपमा डिलिट गरिएका टेक्स्ट मेसेजको केही विवरण हेर्न चाहने एन्ड्रोइड प्रयोगकर्ताले फोनको ‘Notification History’ फिचर प्रयोग गर्न सक्छन् ।