प्रदर्शनी
नेपाल फिनटेक एक्स्पो २०२६ सुरू, बैंक, वित्तीय संस्था र टेक इन्नोभेटर्स एउटै छानामुनि
नेपाल फिनटेक एक्स्पो २०२६ सुरू भएको छ। फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो। एक्स्पो शनिबारसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन तथा अन्य उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि अवलोकन गर्न सकिनेछ।
बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै स्थानमा ल्याएर सहकार्य, आइडिया आदान–प्रदान र नयाँ सिनर्जी सिर्जना गर्ने उद्देश्यले फिनटेक एक्स्पो आयोजना गरिएको फिनटेक अलायन्स नेपालका उपाध्यक्ष देवेन्द्र खड्काले बताए।
‘बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै ठाउँमा ल्याएर आइडिया आदान–प्रदान गर्ने र सहकार्यमार्फत नयाँ सिनर्जी सिर्जना गर्नु हाम्रो उद्देश्य हो,’ उनले आइसिटी समाचारसँग भने, ‘राजनीतिक परिवर्तनका कारण कार्यक्रम कस्तो हुने होलाजस्तो दोधारमा थियौं। तर अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले हामी उत्साहित छौं। सबैले कार्यक्रमको प्रशंसा गर्नुभएको छ।’

कार्यक्रमको पहिलो दिन शुक्रबार अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको थियो। शनिबार विदाको दिन भएकाले अवलोकनकर्ताको संख्या अझै बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
एक्स्पोमा ६८ भन्दा बढी स्टल रहनेछन्। साथै, स्टार्टअप तथा टेक कम्युनिटीका लागि छुट्टै जोनको व्यवस्था गरिएको छ।
एक्स्पो अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत नियमनकारी निकायका कर्मचारीले आधिकारिक परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन्।

आयोजकका अनुसार एक्स्पोमा बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी, स्टार्टअप र नियामक निकायका प्रतिनिधिसहित ४ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

प्रदर्शनी
सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न, स्टार्टअप र इन्नोभेसनहरूको भव्य जमघट
दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ काठमाडौंको बत्तिस…
भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिक…
टिग नास आईटी एक्सपो २०२५ को आज अन्तिम दिन, प्रविधिप्रेमीहरूलाई अवलोकन गर्न आग्रह
नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) को आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २…
सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य
आगामी कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना हुने भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (ना…
कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै
नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । &…
नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबोटिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरु)
टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ ।
सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भए…
आजदेखि कान्तिपुर सिटी कलेजमा केसीसी एक्जिबिट, ४० बढी विद्यार्थीका परियोजनाहरू प्रदर्शनी हुने
पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KC…
साउन १६ र १७ गते केसीसी एक्जिबिट, विद्यार्थीहरूका नवीन आईटी परियोजना देख्न पाइने
कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ । …
असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण
सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘
नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…
टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न
एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने
राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…