प्रदर्शनी
काठमाडौंमा भदौ १९ देखि अन्तर्राष्ट्रिय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुने
काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा उक्त प्रदर्शनी सञ्चालन हुन लागेको हो ।
नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहनेछ ।
बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवर्द्धन तथा नवीनतम प्रविधि प्रदर्शनमार्फत उद्योगी, व्यवसायी र उपभोक्ताबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य आयोजकले लिएको छ ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, वायर तथा केबल, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, घरेलु विद्युतीय उपकरण, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा प्रणालीलगायतका विभिन्न सामाग्रीहरू राखिनेछन् ।
सर्वसाधारणका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको यस ३ दिने प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सीन तथा इप्पान लगायतका संस्थाहरूले सहयोग गरेका छन् ।
कार्यक्रममा इन्जिनियर, व्यवसायी, प्राविधिककर्मी तथा आम उपभोक्ता गरी ३० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रदर्शनी
नाइमा एक्स्पोको क्रेज : पाँच दिनमै डेढ लाखभन्दा बढीको उपस्थिति
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतब…
नाइमा एक्स्पोमा चार दिनमै एक लाखभन्दा बढी दर्शक, शनिबार आइतबार अझ विशेष आकर्षण
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा धेरै अवलोकनकर्…
नाइमा नेपाल मोबिलिटी एक्स्पोको तेस्रो दिन : वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका ब…
अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?
काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवा…
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स …
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च
काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनक…
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु, विद्युतीय र नवीनतम सवारी साधनको भव्य प्रदर्शनी
काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे आयाेजनामा आज साउन २६ देखि …
नोभेम्बर २१-२२ मा हेरिटेज गार्डेनमा NAS-IT Expo 2026 आयोजना हुँदै
काठमाडौं । नेपाल एसोसिएसन फरसफ्टवेयर एण्ड आईटीसर्भिसेस कम्पनीज (NAS-IT) ले आगामी नोभेम्बर २१–२२, २०२६…
विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शन गर्दै ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ सम्पन्न
काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्…
विद्यार्थीका टेक परियोजनाहरूको प्रदर्शनी सुरु, लगानीकर्ता र स्टार्टअपसँग जोड्ने लक्ष्य
काठमाडौं । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनस…
एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा
काठमाडौं । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरु हुँदै…
विद्युत र प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्प…
साइबर सुरक्षादेखि हेल्थकेयरसम्म: ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ मा नेपाली टेक कम्पनीलाई अवसर
काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रव…
कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केईसी लाइट २०८२’ हुँदै, चङ्खे रोबोट पनि हेर्न पाइने
धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) ले ‘केईसी लाइट २०८२’ कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यार्थीहरूमा…
बिहीबारदेखि सागर ग्रुपको आईटी एक्सपो, ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई सुदृढ बनाउने विश्वास
सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको …