कीवर्डहरू -

सूचना

डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध

सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ अनुसार विभागले सूचीकृत हुन आह्वान गरेको हो । 

निर्देशिकाको दफा ३ बमोजिम डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकले सेवा प्रदान गर्नुपूर्व विभागमा सूचीकृत हुनु पर्ने व्यवस्था छ । साथै यो निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका डेटा सेन्टर सञ्चालकले ६ महिना भित्र सम्बन्धित कागजात सहित अनिवार्य रुपमा विभागमा सूचीकृत हुन निवेदन दिनु पर्ने छ । 

निर्देशिकाको दफा ३ ले तोके बमोजिम सूचिकृत हुन डाटा सेन्टर र क्लाउड सेवा प्रदायक संस्थाले तोकिएका कागजातसहित निवेदन दिन विभागले आह्वान गरेको हो । निवेदनको ढाँचा, डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ र विभागको वेभसाइट www.doit.gov.np बाट प्राप्त गर्न सकिने छ ।

सूचना प्रविधिको प्रयोग मार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरूको सुरक्षित तथा गोपनीय तवरले देशभित्र भण्डारण गर्न प्रोत्साहित गर्ने तथा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूलाई सूचीकृत गरी सोको व्यवस्थापन मार्फत सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रुपमा सञ्चालन गर्न डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ २०८१ ल्याइएको थियो । 
 

सूचना

आस्था ज्योतिष एप सार्वजनिक, ज्योतिषीहरुसँग परामर्श गर्न सकिने

नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सार्वजनिक भएको छ । केही समय अगाडि आस्था ज्योतिष प्लेटफर्म अन्तर्गत

टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको भए जानकारी दिन आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटकमा पह…

तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रत…

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन मागेको छ । प्राधिकरणमा रिक्त रहेको अध्यक्ष…

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…

सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय…

टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी…

२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले गलकोट लिंक प्रालि र सुर्खेत केबल…

टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने

टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…

भूकम्पका कारण अवरुद्ध भएको सेवा तत्काल सुचारू गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन दिएक…

१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । …

स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक विवरण दिन सकिने

अब मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन सकिने भएको छ । 

नि…

बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह 

नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध 

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबस…

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…