बैंकिङ
नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले बैंकको एनबैंक एपमार्फतै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सक्नेछन् ।
बैंकले बिहीबारदेखि सञ्चालनमा ल्याएको यो सेवामार्फत ग्राहकले परम्परागत क्रेडिट कार्ड लिन आवश्यक पर्ने कागजी प्रक्रिया र झन्झटबिना नै डिजिटल माध्यमबाट कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।
भर्चुअल क्रेडिट कार्डका लागि योग्य ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहक पहिचान गरी पूर्वस्वीकृति प्रदान गरिसकेको छ । त्यसैले योग्य ग्राहकले एपमा स्वतः ‘अप्लाइ नाउ’ विकल्प देख्नेछन् ।
फोनपे क्यूआरबाटै भुक्तानी
नबिलको भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । यससँगै ग्राहकले मोबाइल बैंकिङ एपबाटै कार्ड प्राप्त गरी दैनिक डिजिटल कारोबार गर्न सक्नेछन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरेका छन् ।
‘ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो । डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।’
बैंकका अनुसार यो सेवा ग्राहकलाई छिटो, सुरक्षित र झन्झटरहित रूपमा डिजिटल कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो । यसले ग्राहकको बदलिँदो आवश्यकता र डिजिटल भुक्तानीप्रतिको बढ्दो माग सम्बोधन गर्ने अपेक्षा बैंकले गरेको छ ।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले डिजिटल बैंकिङ सेवा विस्तारलाई समेत प्राथमिकतामा राखेको छ ।
बैंकिङ
नौ ईआरपी कम्पनीसँग र्यापिडको साझेदारी, एउटै प्रणालीबाट बैंकिङ सेवा लिन सकिने
काठमाडौं । र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा जोड्न नौवटा ईआरपी तथा बिज…
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिन…
एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच सम्झौता, उपचार गराउँदा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नया…
एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सञ्चालन
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूका लागि नेपालमै पहिलो पटक Apple…
एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन…
नबिल बैंकद्वारा 'नबिल एसएसई फेलोसिप'को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समू…
डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने…
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने
काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथ…
सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…
बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात …
भोटेकोशी बाढी प्रभावितका लागि एभरेस्ट बैंकद्वारा ३ करोडभन्दा बढी सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बै…
डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट ब…
भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…
एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्ध…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकको एपबाटै सहयोग गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकह…