काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस सेवा उपलब्ध हुने जनाएको छ ।
सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपनि वित्तीय कारोबार तथा भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले उक्त दिन आरटिजीएस प्रणाली सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
सार्वजनिक बिदाका कारण भुक्तानी तथा वित्तीय कारोबार प्रभावित हुन नदिन बैंकले निश्चित समयका लागि यो सेवा खुला राख्ने निर्णय गरेको हो ।
आईसीटी समाचार